HomeFeatureदिल्लीबाट नेपाल जान लागेका एक नेपाली यात्राकै क्रममा बेपत्ता, 2 महिनापछि हुँदै...

दिल्लीबाट नेपाल जान लागेका एक नेपाली यात्राकै क्रममा बेपत्ता, 2 महिनापछि हुँदै थिए रिटायर

नयाँ दिल्ली, 18 डिसेम्बर 2020

दिल्लीदेखि नेपाल जाने क्रममा एक नेपाली बेपत्ता भएका छन । गत 10 डिसेम्बरका दिन दिल्लीबाट नेपालका लागि भन्दै सुभाकर नाम गरेका नेपाली बसद्वारा सुनौली हिडे पनि अहिलेसम्म घर नपुगेको पारिवारिक स्रोतले जनाएको छ । 57 वर्षका सुभाकर फरिदाबादको बल्लभगढमा सरकारी नौकरी गर्दै आएका थिए । फरिदाबादमा बिजुली विभागमा काम गर्ने गरेका सुभाकर 2 महिनापछि रिटायरमेन्ट हुन लागेका थिए । सुभाकर पर्वत जिल्ला बिहादी गाँउ पालिका वार्ड नम्बर-5 उरामपोखरा (डुडा) का स्थायी बासिन्दा हुन । सुभाकर यात्राकै क्रममा एक्कासी सम्पर्कविहीन भएपछि पुरै परिवार चिन्तित भएको छ । सुभाकर रोडवेजको बसमा सवार भइ सुनौली गइरहेका थिए । उनि घर नपुगेपछि उनको खोजीमा उनकी श्रीमतिसहित परिवार दिल्ली आएको छ । परिवारले हिजो उनि सवार भएको बसका चालकहरुलाई समेत भेट गरेको छ । बसका चालकका अनुसार बस 12 घण्टा ढिलो गरि सुनौली पुगेको थाहा भएपनि हराएका सुभाकरका बारेमा धेरै थाहा हुन सकेको छैन । यदी तपाईहरुले तस्वीरमा देखिएका सुभाकरलाई कतै देख्नु भएको छ भने मोबाईल नम्बर 95-54-78-75-59 वा 95-99-75-47-31 मा जानकारी दिन आग्रह गर्दछौं । स्मरण रहोस गोरो रंग र 5 फिट उचाँइ भएका सुभाकरले यात्राका दौरान कालो पैन्ट र कालो ज्याकेट लगाएका थिए।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...