HomeFeatureसंसद विघटनविरुद्ध नेकपा र काँग्रेससहित तीन पार्टी एकजुट, आगामी कार्यक्रमको घोषणा गर्ने

संसद विघटनविरुद्ध नेकपा र काँग्रेससहित तीन पार्टी एकजुट, आगामी कार्यक्रमको घोषणा गर्ने

ललितपुर, 21 डिसेम्बर 2020

नेपाली कांग्रेसको आह्वानमा बसेको सर्वदलीय बैठकले संसद विघटन संविधानमाथिको आक्रमण भएको निष्कर्ष निकालेको छ । कांग्रेसको पार्टी कार्यालय सानेपामा बसेको बैठकले संसद विघटन संविधान विपरित भएको भन्दै संविधान माथिको आक्रमण भएको निष्कर्ष निकलेको हो । बैठकपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले आइतबार प्रतिनिधिसभा विघटनको घोषणालाई संविधान विरोधी र अलोकतान्त्रिक कदम भएको निष्कर्ष बैठकले निकालेको बताउनुभयो । संसद विघटनको निर्णय विरुद्ध तीन वटै पार्टीले एकतावद्ध भएर अगाडी बढ्ने समझदारी पनि भएको उहाँले बताउनुभयो । मंगलबार तीनवटै दलले केन्द्रीय कमिटी बैठक बोलाएको उल्लेख गर्दै उहाँले बैठकपछि पुनः बैठक बसी आगामी कार्यक्रम घोषणा गरिने बताउनुभयो ।

कांग्रेस नेता रमेश लेखकले प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध तीनवटै पार्टी एकमत भएको निष्कर्ष बैठकले निकालेको बताउनुभयो । केन्द्रीय कार्यसमिति बैठकपछि आगामी दिनमा सरकारको यो कदम विरुद्ध कसरी अगाडी बढ्ने भन्ने कुरामा सहमति भएको बताउनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार संसद विघटनको घोषणा गरेपछि त्यसको चर्को आलोचना भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफरिसमा राष्ट्रपति भण्डारीले हिजो संसद विघटनको घोषणा गर्दै नयाँ निर्वाचन मिति तय गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...