HomeFeatureओलीमाथि माधवकुमार नेपालको आरोप, ओली गणतन्त्र, संघीयता र राजनीतिक परिवर्तन विरोधी

ओलीमाथि माधवकुमार नेपालको आरोप, ओली गणतन्त्र, संघीयता र राजनीतिक परिवर्तन विरोधी

काठमाण्डौं, 25 डिसेम्बर 2020

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का नवनियुक्त अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र र संघीयता बिरोधी भएको बताउनुभएको छ । आफ्नो समूहको केन्द्रीय कमिटी बैठकको निर्णय तथा आगामी कार्यक्रमको सम्बन्धमा जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र, संघियता लगायका राजनीतिक परिवर्तन विरोधी भएको बताउनुभएको हो । ओली कम्युनिष्ट बिचार, आचरणबाट बिचलन र पतनको बाटोमा हिडेको भन्दै कम्युनिष्ट आन्दोलन नै सिध्याईदिने हो कि भन्ने चिन्ता व्यक्त गर्नुभयो । ओलीमा गणतन्त्र, संघीयताप्रति अपनत्व, माया, मोह, ममता नभएको नेता नेपालको भनाई छ ।

ओलीले कुनै पनि समस्याहरुको सहज अवतरण नचाहाने नेपालको भनाई छ । उहाँले अध्यक्ष प्रचण्डसँग कम्युनिष्ट आन्दोलन, बिचार, सिद्धान्त मिलेको र पार्टीलाई सुदृढ बनाउँदै पार्टी कमिटीको आधारमा चल्ने कुरा मिलेको बताउनुभयो । आगामी दिनमा आपसी विश्वास राख्दै बिगतका कमी, कमजोरी सुधार्दै अघि बढ्ने समेत बताउनुभयो ।

अध्यक्ष नेपालले आधिकारिक पार्टी आफुहरुको भएकाले पार्टी कार्यालय र पार्टीको सम्पति आफुहरुको हुने दाबी समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...