HomeFeatureबाँकेमा आरन पेशामा लागेकाहरुको पीडा, खलो लिने प्रचलनका कारण बचत नहुँने समस्या

बाँकेमा आरन पेशामा लागेकाहरुको पीडा, खलो लिने प्रचलनका कारण बचत नहुँने समस्या

काठमाण्डौ, 5 जनवरी 2021

बाँकेको बैजानाथ गाउँपालिकामा आरन पेशा अंगालेर जीविको पार्जन गर्ने परिवारको संख्या धेरै छ । आरन पेशा गर्नेहरुले गाउँकै मानिसहरुको बालिघरे बस्ने र वर्षभर फलामको काम गरेबापत ज्यालाको रुपमा अन्न लिने प्रचलन छ । यसरी काम गर्दा जीवन निर्वाह भएपनि अतिरिक्त बचत नहुँदा समस्या हुने गरेको गुनासो आरन पेशा अंगाल्नेहरुको छ । बाँकेको बैजानाथ गाउँपालिका ८ का प्रेम बहादुर विकले ३५ बर्ष देखि फलामका औजारहरु बनाएर जीवन यापन गर्दै आउनु भएको छ । आफ्नो जीवन निर्वाह गर्न बालीघरे (खलो) प्रथामा फलामका सामाग्री बनाउने र त्यसको सट्टामा ज्याला स्वरुप अन्न लिने गरिन्छ विकले अहिले करिब १ सय घरधुरीको फलाम पिट्ने काम गर्दै आउनुभएको छ । लामो समयदेखि आरन पेशा अपनाउनुभएका विकले जीवन निर्वाह बाहेक जीवनका कुनै परिवर्तन नआएको गुनासो गर्नुभयो । वर्षभरी काम गरेबापत अन्नपात ल्याएर परिवार पाल्नु बाहेक अन्य कुनै प्रगति नभएको यहाँको भनाई छ । एसएलसी उर्तिण गर्नुभएका विकले आरन पेशालाई व्यवसायीक बनाउन स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो ।

बैजानाथ गाँउपालिकाकै बिन्दु सुनारले पनि विगत २७ वर्षदेखी फलाम पिट्ने काम गर्दै आउनुभएको छ । उहाँले पनि बालीघरे प्रथा अनुसार नै ज्यालाको रुपमा अन्न लिनुहुन्छ । आरन पेशाबाट घरमा .खाने कुराको अभाव नभएको तर दुःख गरे अनुसारको मूल्य नपाएको गुनासो उहाँको छ । यस्तै पछिल्लो समय निकुञ्ज स्थापना भएपछि फलाम पोल्ने गोल पाउनै मुस्किल भएकोले आरन पेशा संकटमा पर्न लागेको गुनासो समेत गर्नुभयो । 

बाँके जिल्ला भित्र अहिले पनि बालीघरे प्रथामा आरन काम गर्ने दर्जनौ छन । वर्षभरी काम गर्ने र त्यसको ज्याला स्वरुप अन्नपात ल्याउने भएकाले उनीहरुको जीवनमा कुनै परिवर्तन भने आएको छैन । बालीघरे प्रथाबाट श्रम अनुसारको मूल्य पाउन नसक्ने भएकाले यो पेशालाई आधुनिकीकरण र व्यवसायीक बनाई नगदमा कारोबार गर्ने व्यवस्था गर्न धेरै परिवारको जीवनमा परिवर्तन आउनेछ । 

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...