HomeFeatureसंसद विघटनभन्दा प्रधानमन्त्री ओलीको राजीनामा आएको राम्रो हुने थियोः वामदेव गौतम

संसद विघटनभन्दा प्रधानमन्त्री ओलीको राजीनामा आएको राम्रो हुने थियोः वामदेव गौतम

काठमाण्डौ, 7 जनवरी 2021

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का राष्ट्रिय सभा सदस्य वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको एकता जोगाउन राजीनामा दिएको भए राम्रो हुने बताउनु भएको छ । राष्ट्रिय सभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै गौतमले पार्टीका नेताहरुले आफूविरुद्ध अविश्वासको प्रस्ताव लग्दैछन भन्ने थाहा पाएपछि संसद विघटन गर्नु भन्दा प्रधानमन्त्री ओलीले राजीनामा दिएको भए राम्रो हुने बताउनुभयो । मेहनेत गरेर निर्माण गरेर बनाएको पार्टी जोगाउनका लागि अविश्वासको प्रस्ताव आएको थाहा पाउने वित्तीकै प्रस्ताव दर्ता हुनु भन्दा पहिला नै राजीनामा दिएको भए पार्टी पनि जोगिने र इतिहासमा उदाहरण समेत प्रस्तुत हुने बताउनुभयो ।  नेता गौतमले आफूले प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव लैजान लागेको सम्बन्धमा थाहा नपाएको गुनासो समेत व्यक्त गर्नुभयो । उहाँले अविश्वासको प्रस्ताव लैजाने बेला आफूलाई नसोधिएको गुनासो गर्नुभयो । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेपछि आफूले असंवैधानिक कदम भनेको पनि बताउनुभयो । तर अहिले सार्वोच्च अदालतमा परेका रिटहरु संवैधानिक इजलासमा लगिएपछि असंवैधानिक भन्न नमिल्ने बताउनुभयो । यो बिषयमा बोल्न पाउने मौलिक अधिकार भएपनि अदालतामा विचाराधिन विषयमा असंवैधानिक भन्यो भने अदालतको राजनीतिक रुपमा अपमान हुने बताउनुभयो । आफूले राजनीतिक रुपमा एकता भंग भइसकेको पार्टीलाई फेरीपनि एकता गराउन सकिन्छ की भन्ने तर्फ लागिरहेको पनि बताउनुभयो । तर दुई समूहका मूख्य नेताहरु नै आरोप प्रत्यारोप तर्फ लागेकोले समस्या झनै बढेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...