HomeFeatureअमेरिकामा ट्रम्प समर्थकद्वारा हिंसा, 4 जनाको मृत्यु, अब ट्रम्प सत्ता छोड्न तयार

अमेरिकामा ट्रम्प समर्थकद्वारा हिंसा, 4 जनाको मृत्यु, अब ट्रम्प सत्ता छोड्न तयार

वाशिङ्गटन, 7 जनवरी 2021

अमेरिकी संसद अर्थात (युएस काँग्रेस) ले गत 3 नोभेम्बरमा भएको राष्ट्रपति निर्वाचनमा जो बाइडेनको जीतको पुष्टि गरेको छ । तर यो घोषणाका लागि वाशिङ्गटन डीसीस्थित क्यापिटोल हीलमा बाईडेनलाई विजयी घोषणा गर्न बहस चलिरहेको थियो । त्यही बेला निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकले हिंसक प्रदर्शन गर्दा 4 जनाको मृत्यु भएको छ भने कयौं पुलिसकर्मी घाईते भएका छन । क्पापिटोल हीलमा चुनाव परिणामको आधिकारीक घोषणा गर्नका लागि गणना चलिरहेका बेला ट्रम्पका हजारौं समर्थकहरुले सडक प्रदर्शन गर्दै क्यापिटोल हीलमा पुगेका थिए । उनिहरुले ट्रम्पलाई सत्तामा यथावत राख्न र पुनः मतगणना हुनुपर्ने माग गरिरहेका थिए । हिंसापछि नवनिर्वाचित राष्ट्रपति जो बाईडेन र पूर्व राष्ट्रपति बाराक ओबामाले प्रदर्शनको निन्दा गर्नु भएको छ ।

युएस काँग्रेसले जो बाईडेनलाई आधिकारिक विजेता घोषित गरेपछि डोनाल्ड ट्रम्पले बयान दिँदै आफुले निर्वाचनको परिणामलाई समर्थन नगरेपनि 20 जनवरीमा कानून सम्बत रुपमा बाईडेनलाई सत्ता हस्तान्तरण गर्ने बताउनु भएको छ । यद्धपी ट्रम्पले हार स्वीकार नगरेको र नतीजालाई अदालतमा चुनौती दिने बताउनु भएको छ ।

बाईडेनले 8 करोड मतसहित निर्वाचन समितिको 306 मत हासिल गरेका छन । राष्ट्रपति निर्वाचित हुनका लागि 270 मतको आवश्यकता पर्दछ । ट्रम्पलाई भने 232 मत मिलेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...