HomeFeatureचण्डीगढमा 40 वर्ष परिवारविहीन भएरै सल्यानका नेपालीले शरीर त्यागे, कसले गरेको थियो...

चण्डीगढमा 40 वर्ष परिवारविहीन भएरै सल्यानका नेपालीले शरीर त्यागे, कसले गरेको थियो घात?

चण्डीगढ, 18 जनवरी 2021

आखिर मर्ने बेला आफ्नै जन्मथलोमा अन्तिम श्वास लिन पाइयोस भन्ने चाहना धेरैले बोकेका हुन्छन । सल्यानका झुपल पुनले पनि परिवारविहीन भएका कारण जीवनको अन्तिम समयसम्म त्यही चाहना गरेका होलान । तर सगत्र दाजुको जालसाँजीका कारण 40 वर्षदेखि परिवारविहीन हुन पुगेका झपल पुनको त्यो चाहना अधुरो रह्यो । भारतको चण्डीगढमा परिवारविहीन भएर जीवन काटिरहेका झुपल विरामीले थला परेपछि माटोमा विलीन भएका छन ।

दाजुले बुवा-आमाको सम्पत्ति भाई झुपल पुन मगरलाई थाहै नदिएर बेचेर अनयत्र बसाई सरेका कारण झुपल परिवारमा जान्छु भन्दापनि 40 वर्षदेखि परिवारविहीन भएर चण्डीगढमा बसिरहेका थिए । अन्ततः भारतमा पनि कोही आफन्त नभएका कारण यो कोरोना महामारीका बेला विरामी भएर थला परेपछि केही नेपालीहरुले उनलाई मानवीय नाताले अस्पतालमा भर्ना गरिदिए तर पनि उनलाई बचाउन सकिएन ।

सल्यान घर भएका झुपलका दाजुले जग्गा जमीन र सम्पत्ति बेचेर नेपालगञ्ज तिर बसाई सरेको र त्यसपछि दाजु र दाजुका छोराको पनि मृत्यु भएका कारण उनि 40 वर्षदेखि चण्डीगढको सेक्टर 25 मा मजदूरी गरेर जीवन बिताईरहेका थिए । तर केहीदिन अघि उनि विरामी भएर थला परेपछि स्थानीयहरुले उनलाई उपचारका लागि सेक्टर 16 को सरकारी अस्पतालमा भर्ना गराएका थिए । उनलाई बचाउन नेपाली जनसम्पर्क समिति चण्डीगढ शाखाका अध्यक्ष सन्नी शर्मा र सचिव रेशम रानाको नेतृत्वमा ठूलो प्रयास गरिएको थियो । तर हुने हार दैब नटार भनेझै 16 जनवरीका दिन उनले अस्पतालमै अन्तिम श्वास लिएका छन । अध्यक्ष सन्नी शर्मा, सचिव रेशम राना र नेजस पश्चिमोत्तर क्षेत्रका अध्यक्ष खुम प्रसाद काफ्लेको टिमले अस्पतालमा लागेको खर्च तिरेर उनको अन्तिम संस्कार गरेको छ । सम्पत्तिका कारण दाजुले भाईलाई शत्रु ठान्ने परिस्थितिका कारण यस्ता कतिपय घटना हुने गर्दछन । संसारमा आत्मियता, आफन्तपन, निकटता, मित्रता र सबैभन्दा ठूलो कुरा मानवतानै मरिसकेपछि जीवनको के मोल छ र !

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...