HomeFeatureनेकपाको शासन गर्ने वैधानिकता सकिएको गगन थापाको टिप्पणी

नेकपाको शासन गर्ने वैधानिकता सकिएको गगन थापाको टिप्पणी

काठमाडौँ, 20 जनवरी 2021

नेपाली कांग्रेसका नेता गगन कुमार थापाले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले शासन गर्ने वैधानिकता सकिएको बताउनुभएको छ । बुधबार काठमाडौँमा आयोजित प्रतिनिधि सभा विघटन र संवैधानिक अन्योल विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता थापाले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले शासन गर्ने वैधानिकता र वैधता सकिएको बताउनुभएको हो । नेकपाले निर्वाचनबाट प्राप्त जनादेश गुमाएको उहाँको भनाई छ । जनादेश गुमाउँदा राजनीतिक निष्ठाको आधारमा जनतासँग क्षमा माग्नुपर्ने भएपनि दुवै पक्षले क्षमा नमागेको उहाँले बताउनुभयो ।

नेता थापाले सर्वोच्च अदालतमाथि सबैले आशाको नजरले हेरेको भन्दै संविधान अनुरुप सहि फैसला गर्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यसैगरी कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता रमेश लेखकले संविधान र लोकतन्त्रमा कम विश्वास गर्नेले संसद विघटन गरेको बताउनुभयो । कम्युनिष्टको अधिनायकवादी र सर्वसत्तावादी चेतनाको कारण संसद विघटन भएको उहाँको भनाई छ । यसको सम्पूर्ण अब्जस नेकपाले बोक्नुपर्ने उहाँले बताउनुभयो ।

नेता लेखकले नेपाली कांग्रेस संसद पुर्नस्थापनाको निम्ति भुमिका निर्वाह गर्ने र सर्वोच्च अदालतले संसद पुर्नस्थापना नगरे निर्वाचनमा सहभागी हुने बताउनुभयो । पुर्नस्थापना पनि नहुने र निर्वाचन पनि नहुने अवस्थामा नेपाली कांग्रेस आन्दोलनमार्फत संविधानलाई ट्रयाकमा ल्याउन तयार रहेको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...