HomeFeatureप्राविधिक जटिलताले तोकिएको मितिमा निर्वाचन हुन गाह्रोः पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेल

प्राविधिक जटिलताले तोकिएको मितिमा निर्वाचन हुन गाह्रोः पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेल

काठमाण्डौ, 20 जनवरी 2021

पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले प्राविधिक पक्षको जटिलताका कारण तोकिएको मितिमा निर्वाचन हुन गाह्रो रहेको बताउनुभएको छ । बुधबार काठमाडौँमा आयोजित प्रतिनिधि सभा विघटन र संवैधानिक अन्योल विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेलले प्राविधिक पक्षको जटिलताको कारण वैशाख १७ र २९ गतेको निर्धारित मितिमा निर्वाचन हुन गाह्रो रहेको बताउनुभएको हो । उहाँले कुनै चमत्कार भइहालेमा मात्रै निर्धारित मितिमा निर्वाचन हुने टिप्पणी गर्नुभयो । पोखरेलले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कानुनी रुपमा फुट्ने गरी निर्वाचन आयोगमा गएको अवस्थामा पार्टीको विभाजन सम्बन्धी विवादको निरुपण गर्न नै अयोगलाई कम्तिमा ६० दिन लाग्ने बताउनुभयो । निर्वाचनसम्बन्धी अरु प्रक्रिया टुंग्याउन पनि महिनौँ लाग्ने र समय अभावका कारण निर्धारित मितिमा निर्वाचन हुने कुरामा पत्याउन नसकिने उहाँको भनाई छ ।

पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेलले अदालतले संसद विघटन अथवा संसद पुर्नस्थापना जुन पक्षमा निर्णय दिएपनि मुलुकको जित नुहुने टिप्पणी गर्नुभयो । मुलुक मुठभेडको राजनीतिमा जाने उहाँको भनाई छ । उहाँले निर्वाचन जितेर जाने नेताले सत्ता कब्जा गर्ने नभई सत्ता सञ्चालन गर्नुपर्ने भएकाले कब्जा हुन नदिन भएका त्रुटीहरुलाई सच्याउनुपर्ने बताउनुभयो । वर्तमान निर्वाचन प्रणाली सुधारको आवश्यकता रहेको उहाँले औँल्याउनुभयो । पोखरेलले संसदलाई बलियो बनाउनुपर्ने र राजनीतिबाट पुरानो पुस्ताका नेताहरुले बिश्राम लिनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा बोल्दै पूर्व प्रधानन्यायाधिश सुशिला कार्कीले संसद विघटन संविधान विपरित भएको बताउनुभयो । सरकार गठन हुनसक्ने अवस्था छ भने विघटन गर्न नपाइने व्यवस्था संविधानले गरेको उहाँको भनाई छ । उहाँले यतिखेर देशको विकास निर्माणको काम पनि रोकिएको तथा यस्तो बेलामा बाहिरी हस्तक्षेप हुने योजना पनि बन्नसक्ने भएकाले मुलुक संकटमा रहेको बताउनुभयो ।

कार्यक्रममा सहभागी अन्य वक्ताहरुले समेत संसद विघटनको विरोधमा आफ्नो धारणाहरु व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...