राजस्थान, 27 जनवरी 2021
राजस्थानको जयपुरमा नेपाली संस्कृति सेवा परिषदले आयोजना गरेको भलीबल प्रतियोगितामा पंजाबको टीम प्रथम भएको छ । प्रतियोगितामा जयपुरकै ज्योतिनगर टिम दोस्रो भएको छ । 26 जनवरीका दिन सम्पन्न भएको सो भलीबल प्रतियोगितामा 7 वटा नेपाली टीमले सहभागिता जनाएका थिए । प्रतियोगितामा प्रथम भएको टिम पंजाबलाई 11 हजार नगद र प्रमाणपत्र प्रदान गरिएको छ भने दोस्रो हुने जयपुरकै ज्योतिनगर टिमलाई 5 हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा देव बहादुर म्यान अफ दि म्याच बनेका छन । उनलाई 1100 रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रतियोगिता सहभागि भएका 7 टीम मध्ये 1 टीम पंजाबको, 1 टीम दिल्लीको र 5 टीम जयपुरका रहेका थिए ।
नेपाली संस्कृति सेवा परिषदका संस्थापक कमल सिंह, प्रदेश अध्यक्ष मोहन सिंह थापा, उपाध्यक्ष बलवीर सिंह, सचिव कोषा गुरुङ, विशिष्ट सल्लाहकार मैन बहादुर कोइराला, जयपुर अध्यक्ष अर्जुन सुनार, जयपुर उपाध्यक्ष भीम लाल थापा, सचिव निमलाल शर्मा उपस्थित रहेको कार्यक्रममा खड़क बहादुर, के बी गुरुङ, मीन बहादुर र अर्जुन थापा विशिष्ट अथिति रहेका थिए ।
समारोहका क्रममा संस्थाका संस्थापक कमल सिंहले युवा खेलाडीहरुलाई उपहार स्वरूप भलीबल र नेट वितरण गर्नु भएको थियो । खेलाडीहरुले प्रवासमा खेलको आयोजना गरि खेलाडीहरुलाई प्रोत्साहन गरेकोमा आयोजकप्रति आभार प्रकट गरेका थिए ।









































