पंजाब, 27 जनवरी 2021
प्रवासी नेपाली संघ भारत पंजाब हिमाचल चण्डीगढ़ संयुक्त राज्य समिति अंतर्गतको नगर समिति जालंधरले 26 जनवरीका दिन जालंधर स्थितका संघका अगुवा कार्यकर्ताहरुको सहभागीतामा भेलाको आयोजना गरि एकदेव आलेको 53 औं स्मृति दिवस कार्यक्रम सम्पन्न गरेको छ। सुर्य थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा पंजाब हिमाचल चण्डीगढ़ संयुक्त राज्य समितिका सचिवालय सदस्य बसन्त राज घर्ति प्रमुख अतिथि र अन्य अतिथिहरुमा राज्य सदस्य शंकर प्रसाद गैरे, सावित्रा ज्ञवाँली, कृष्ण मल्ल, शान्ता पोखरेल र राज्य विभागीय सदस्य याम थापा, कल्पना पौडेल, गनबहादुर राना, कमला कुँवर, नृप सिंह कार्की, तुल्सा ढकाल र नेपाल भारत बस यातायात व्यवसाय एसोसियन पंजाबका महासचिव मिलन के.सी को उपस्थिति रहेको थियो। कार्यकर्ता भेलालाई संबोधन गर्दै प्रमुख अतिथि बसन्त राज घर्तिले संघका संस्थापक प्रवासी नेपाली आन्दोलनका महानायक स्व.कमरेड एकदेव आलेले प्रवासी नेपाली आन्दोलन र नेपालको समाज परिवर्तनमा पुऱ्याउनु भएको योगदानप्रति सम्मान व्यक्त गर्दै उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो।
उहाँले संबोधनको क्रममा गण्डकी तनँहु जिल्लाको मान्वओ अर्चले गाँउमा साधारण हली र गोठालो गरिब परिवारमा वि.स.1980 मा जन्मनु भएका एकदेव आले आजाद हिन्द फौजका सुभाषचन्द्र बोससँग कार्यरत रहि समाज सेवाको प्रेरणा लिनु भएको र तत्कालीन नेकपाको केन्द्रीय कमिटीको सदस्यको रूपमा भूमिका निर्वाह गर्दै नेपालको राणा कालमा मारीएका शहीद गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्म भक्त र शुक्रराज शास्त्रीको प्रतिशोध लिने संकल्प लिँदे 5 मई 1966 का दिन अखिल भारत नेपाली जनकल्याणकारी संघ गोरखपुरमा निर्माण गरी निरन्तर जुटी रहेको अवस्थामा ब्लड क्यान्सरको बिमारीबाट पीड़ित भई दरभंगा हटिया सराया मेडिकल कलेजमा उपचारको दौरान 26 जनवरी 1968 मा दुखद निधन भएको अवगत गराउनु भयो।
कार्यक्रममा जालंधर स्थितका पदाधिकारी गीता श्रेष्ठ, घनश्याम बस्याल, पुर्णिमा सुनार, हिरामणी वि.सी, जीवन घर्ति, रूपा विक, आर वी गुरूड, राम नरेस चौधरी, झविलाल खण्डलु, जुनु जि.सी, विष्णु शर्मा, ईन्द्रा भण्डारी, सुरज घिमिरे शर्मा, गोपाल कुँवर, कृष्ण गौतम, यमलाल घिमिरे, गजेन्द्र विस्वकर्माले महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो।









































