नयाँ दिल्ली, 29 जनवरी 2021
भारतको राजधानी दिल्लीमा इजरायली राजदूतावास नजिकै आइईडी विष्फोट भएको छ । अब्दुल कलाम रोड नजिकै भएको सो विष्फोटमा कुनै हताहती नभए पनि कम्तिमा 3 गाडीहरु क्षतिग्रस्त भएका छन । विजय चौक नजिकै गणतन्त्र दिवसको समापन समारोह बीटिङ रिट्रिट चलिरहेका बेला सो विष्फोट भएको छ । अहिले दुर्घटनास्थललाई पुलिसले घेराउ गरि अनुसन्धान शुरु गरिएको छ । दिल्लीमा गणतन्त्र दिवसका दिन किसानहरुले गरेको हिंसक प्रदर्शनपछि उच्च सतर्कता अपनाइएका बेला विष्फोट भएको हो । पुलिसले विष्फोट त्यती शक्तिशाली नभएको जनाएको छ । दिल्ली पुलिसले दिल्लीमा थप सुरक्षा बढाएको छ । दूतावासका एक व्यक्तिले घटनाको जानकारी दिने बितिक्कै पुलिस घटनास्थलमा पुगेका थिए । अहिले दिल्ली पुलिसका साथै स्पेशल सेल, सीआरपीएफ र दमकलहरु पनि घटनास्थलमा पुगेको छ । विष्फोटक कसले राख्यो भन्ने अहिले थाहा हुन सकेको छैन । तर अनुन्धान जारी रहेको छ । यसअघि 2012 मा पनि इजरायली दूसावासको गाडीलाई लक्षित गरि आक्रमण गरिएकाले पुलिसले घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान गरिरहेको छ ।









































