HomeFeatureसरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको कृषिमन्त्री पद्मा अर्यालको भनाई

सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको कृषिमन्त्री पद्मा अर्यालको भनाई

काठमाण्डौ, 2 फरबरी,2021

कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालले सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको बताउनुभएको छ। मंगलबार नेपाल चेम्बर अफ कर्मर्सको आयोजनामा भएको नेपालमा व्यवसायिक कृषि विकासका सम्भावना र चुनौति विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री अर्यालले अघिल्ला सरकारको पालामा कृषि क्षेत्रलाई प्राथमिकतामा नराखिएको भएपनि यस सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको बताउनुभएको हो । सरकारले कृषिको व्यवसायिकरण, औद्योगिकरण, यान्त्रिकरण र बजारीकरणलाई व्यवस्थित गर्नको निम्ति आवश्यक कानुन निर्माण गरेको उहाँको भनाई छ ।

सरकारले नीति निर्माणको साथसाथै कार्यक्रम पनि अघि सारेको उहाँले बताउनुभयो । किसानलाई उत्साहित बनाउन विभिन्न नामका कृषिको परियोजना अघि सारेको तथा पशु क्षेत्रमा लागेका किसानहरुलाई उत्साहित बनाउन कृषि फर्महरुको सुरुवात भएको उहाँको भनाई छ । मन्त्री अर्यालले कृषिको व्यवसायिकताको निम्ति जग्गामा हदबन्दी नलगाउने कानुन आफु भुमि मन्त्रालयमा हुँदा नै बनाएको पनि जानकारी दिनुभयो । उहाँले सरकारले मात्रै मुलुकको विकास गर्न सम्भव नभएको भन्दै कृषि क्षेत्रमा नीजि क्षेत्रसँग पनि सहकार्य गरिने बताउनुभयो ।

मन्त्री अर्यालले परम्परावादी र निर्वाहमुखि उत्पादन गरेर मात्रै नहुने भन्दै व्यवसायिक उत्पादनका निम्ति कहाँको जमिनमा के उत्पादन हुन्छ कम्युटरबाटै पत्ता लगाउनसक्ने सफ्टवेयर विकास गरेर फागुनको पहिलो हप्ता उदघाटन हुनेपनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...