HomeFeatureरामकुमारी झाँक्रीको पक्राउबारे प्रचण्डको आक्रोश, प्रधानमन्त्रीको ठाडो आदेशमा पक्राउ गरिएको दावी

रामकुमारी झाँक्रीको पक्राउबारे प्रचण्डको आक्रोश, प्रधानमन्त्रीको ठाडो आदेशमा पक्राउ गरिएको दावी

काठमाण्डौ, 11 फेब्रुअरी 2021

नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीको ठाडो आदेशमा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको बताउनुभएको छ । विहिबार पार्टी कार्यालय पेरिशडाँडामा आयोजित आदिवासी जनजाति मगर संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दे अध्यक्ष दाहालले प्रधानमन्त्रीले नेतृ झाँक्रीलाई पक्रन आदेश दिएको दाबी गर्नुभएको हो ।

उहाँले भन्नुभयो “प्रधानमन्त्रीको ठाडो आदेशमा पुलिसलाई पक्रिनै पर्यो जसरी भएपनि पक्राउ गर भन्या छ भन्ने थियो । हामीले रोक्न बल गर्यौ हिजो बेलुकादेखि बिहान सम्म पनि । अहिले खबर आयो उनीहरुले जबरजस्ती कमरेड रामकुमारीलाई पक्राउ गरेर लिएर गएका छन् । ”

झाँक्रीलाई पक्राउ गरेको घटनाले सरकारले उत्पीडित वर्ग जातीका प्रतिनिधिमाथि नै निसाना बनाएको भन्दै अध्यक्ष दाहालले त्यस विरुद्ध एकजुट हुन पनि आव्हान गर्नुभयो ।

उत्पीडित जातीको प्रतिनिधित्वका लागि आफूले प्राप्त गर्न सके जति उपलब्धि प्राप्त गरेको भन्दै उहाँले थप उपलब्धिका लागि प्रयासरत रहनुपर्ने बताउनुभयो । कुनै एउटा वर्गको विचारले सम्पुर्णरुपमा जितेर आएको संविधान नभएकाले केही राम्रा र केही नराम्रा पक्ष पनि रहेको भन्दै उहाँले जीत्ने र हार्नेका बीचको सम्झौताको रुपमा बुझिदिन पनि उहाँले आग्रह गर्नुभयो ।

उहाँले विगतमा भन्दा तुलनात्मक रुपमा स्थानिय तह देखि केन्द्रसम्मको प्रतिनिधित्व कायम गर्न सक्नु पनि उपलब्धि नै भएको भन्दै त्यस प्रकारको उपलब्धि जोगाई राख्नका लागि सरकारको प्रतिगमन विरुद्ध एकजुट हुन पनि सबैलाई अपील गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...