HomeFeatureबलात्कारपछिको हत्याविरुद्ध वृहत महिला मार्च, न्यायको माग गर्दै सरकारलाई प्रश्नै प्रश्न

बलात्कारपछिको हत्याविरुद्ध वृहत महिला मार्च, न्यायको माग गर्दै सरकारलाई प्रश्नै प्रश्न

काठमाण्डौ, 12 फेब्रुअरी 2021

बृहत् नागरिक आन्दोलनले सबै प्रकारका महिला हिंसा, हत्या र दण्डहिनताको समुल अन्त्यको माग गर्दे काठमाण्डौमा महिला मार्च निकालेको छ । बसन्तपुरबाट सुरु भएको महिलामार्च न्यूरोड, रत्नपार्क, भद्रकाली हुँदै सिंहदरबार मूल गेटमा आएर समापन भएको थियो । महिला मार्चमा मैना सुनुवारदेखि निर्मला पन्तसम्म, अंगिरा पासीदेखि भागरथी भट्टसम्मको बलात्कारपछिको हत्या श्रृङ्खला सदाको लागि बन्द हुनुपर्ने, पीडितहरुले न्याय पाउनुपर्ने, अपराधी र बलात्कारीले उन्मुक्ति पाउनुनहुने लगायत नारा लगाईएको थियो । मार्चमा  “बलात्कारी खुलेआम बलात्कृत गुमनाम, ए हजुर ! एउटा प्रश्न सोध्न पाईन्छ ? हामीले सास फेर्न कस्को सिफारिस चाहिन्छ ?  घरभित्र लोग्नले कुट्छ घर बाहिर सत्ताले लुट्छ, बलात्कारको घटना दिनदिनै बढ्छ, गृहमन्त्री भन्छ नेपालमा कम छ, मैलिक हक हुँदैछ हनन् हरेक दिन नयाँ प्रतिगमन, हामी सडकबाट चुनौती दिन्छौँ लगायतका प्लेकार्डहरु सहित नाराबाजी समेत गरिएको थियो ।

महिला मार्चमा जनता समाजवादी पार्टीकी नेतृ एवं पुर्वमन्त्री हिसिला यमी, राष्ट्रिय मानवअधिकार आयोगकी पुर्व सदस्य मोहना अन्सारी, पत्रकार नारायण वाग्ले, खगेन्द्र संग्रौला लगायत नागरिक समाज, युवायुवती, राजनीतिक दलका नेतृहरु लगायतको सहभागीता थियो ।  बसन्तपुरबाट सुरु भएको महिला मार्चमा एक जना युवतीको शब बनाई कलाकारहरुले शब यात्रा नै गरेका थिए । असंबैधानिक कदमको दाहासंस्कार गरिएको भन्दै प्रतिकात्मक रुपमा शब यात्रा गरिएको आयोजकले जनाएका छन् ।

त्यसैगरी सबै प्रकारका महिला हिंसा, हत्या र दण्डहिनताको समुल अन्त्यका लागि केही समय मार्च  पनि गरिएको थियो ।

मार्चमा सहभागी महिला कलाकारले महिला विरुद्धको हत्या हिंसा लगायत बारे प्रतिकात्मक नाटक प्रर्दशन गरेका थिए ।

महिलामार्च पछि आयोजिक सभालाई सम्बोधन गर्दै महिला अधिकारकर्मीहरुले दिनहुँ महिला एवं बालिकाहरु असुरक्षित रहँदा पनि सरकारले उनीहरुलाई न्याय दिन नसकेको भन्दै आक्रोश पोखेका थिए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...