HomeFeatureचेन्नईमा मृगौला फेल भएपछि जीवन मरणको स्थितिमा युवक, सहयोगका लागि लगाए गुहार

चेन्नईमा मृगौला फेल भएपछि जीवन मरणको स्थितिमा युवक, सहयोगका लागि लगाए गुहार

चेन्नई, 12 फेब्रुअरी 2021

रोजगारीका लागि भारतको तामिलनाडु राज्यको चेन्नईमा रहेका डोटीका एक नेपालीको दुवै मृगौलाले काम गर्न छोडेपछि उपचारका लागि सहयोग गर्न सबैमा अपील गरेका छन । डोटीको आदर्श गाँउपालिका वडा नं- 6 ,गिरीचौकाका जयबहादुर बोहराको दुबै मिर्गौला फेल भएपछि राज्यको कोदम-बकमस्थित जे.भी.होस्पिटलमा उपचार चलिरहेको छ । सामान्य रोजगारी गरिरहेका जयबहादुर बोहराको जीवन अहिले डाईलासिसमा निर्भर रहेको छ । तर डाइलासिसमै मासिक 30 हजारसम्म खर्च गर्नुपरेकाले आर्थिक सहयोगका लागि प्रधानमन्त्री केपी ओली, सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्रि त्रिलोचन भट्टसहित विभिन्न संघ-संस्था र राजनीतिक दलका नेताहरुलाई अपील गरेका छन । नेशनल लाईभबाट एक अपील जारी गर्दै उनले आफ्ना ३ वटा छोरा-छोरी र श्रीमती रहेको भन्दै आफु उपचार नपाए मर्ने अवस्थामा रहेकाले ज्यान बचाईदिन अपील गरेका छन । उनले मृगौला फेर्न पाए पनि आफु जिवित रहेर परिवार पाल्न सक्षम हुने भएकाले त्यसका लागि रकम जोहो गरिदिन अपील गरेका छन । उनले आफुजस्ता कयौं रोगीहरु नेपालीहरुकै साथ-सहयोगले बाचेकाले सकेको सहयोग गरिदिन भारतसहित विश्वभरि रहेका नेपालीहरुलाई अनुरोध गरेको तामिलनाडुको बेल्लुरमा रहेका सामाजिक अभियन्ता लाल बाहादुर थापाले बताउनु भएको छ । थापाले मृगौला पीडित जयबहादुर बोहरालाई बचाउन अभियान चलाएकाले सहयोग गर्न चाहने जो सुकैले पीडितको चेन्नईस्थित इण्डियन ओभरसिज बैंक अफ इण्डियाको खाता संख्या-131301000027797 मा र मोबाईल नम्बर +919962110674 मा सम्पर्क गरि सहयोग गर्न सक्ने बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...