HomeFeatureमहिला राष्ट्रिय लिगको उपाधी एपिएफलाई, दुई खेल अगावै उपाधि उचाल्न सफल

महिला राष्ट्रिय लिगको उपाधी एपिएफलाई, दुई खेल अगावै उपाधि उचाल्न सफल

काठमाण्डौ, 17 फेब्रुअरी 2021

विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिसले बुधबार महिला राष्ट्रिय लिगमा १–१ को बराबरी खेलेसँगै अर्को एपिएफले दुई खेल अगावै उपाधि उचाल्न सफल भएको छ । बुधबारै भएको अर्को खेलमा च्याम्पियन एपिएफले विराटनगरलाई पराजित गर्दा राष्ट्रिय लिगमा अपराजित यात्रालाई निरन्तरता दिएको छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको पहिलो खेलमा आर्मीले पुलिससँग १–१ गोलको बराबरी खेल्दा एपिएफले उपाधि उचाल्ने गणित पूरा भएको हो ।  यद्यपि बुधबारै भएको खेलमा एपिएफले विराटनगरलाई १–० ले पराजित गर्दा जारी लिगमा अपराजित यात्रालाई निरन्तरता दिएको हो । राष्ट्रिय महिला लिगको उपाधि उचालेको एपिएफको सुखद नतिजालाई निरन्तरता दिन अनिता केसीले ५५औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । पहिलो हाफ प्रतिस्पर्धात्मक बनेको खेलमा एपिएफले दोस्रो हाफमा मात्र गोल गर्न सफल भएको थियो । यस अघि पहिलो खेलमा आर्मीकी पुनम जर्गा मगरले १७औं मिनेटमा आत्मघाती गोल गरे पछि पुलिसले खेलमा सुरुआती अग्रता पाएको थियो । अमृता जैशीले हेड गरेको बललाई पुनम रोक्ने प्रयास गर्दा बल गोलमा परिणत भएको थियो । पहिलो हाफमा अग्रता पाएको पुलिसल दोस्रो हाफमा भने अग्रतालाई कायम राख्न सकेन । ५५औं मिनेटमा आर्मीकी रश्मी घिसिङले गोल गर्दै खेल बराबरीमा ल्याइन् । त्यसपछि आर्मीले स्पष्ट जितका लागि आधा दर्जन प्रयास गरे पनि सफल हुन सकेनन् र दुबै टोलीले अंक बाँडे । बराबरीसँगै आर्मीको उपाधि यात्रा समाप्त हुँदा एपिएफले उपाधि उचाल्न सफल भएको थियो ।
लिगमा बिहीबार वालिङ नगरपालिका स्याङ्जा र चन्द्रपुर नगरपालिका रौतहटबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...