HomeFeatureद्रुतमार्गको जटिलकार्य गर्ने निर्माणकर्ता छान्ने प्रक्रियामा अनियमितता नभएको नेपाली सेनाको दावी

द्रुतमार्गको जटिलकार्य गर्ने निर्माणकर्ता छान्ने प्रक्रियामा अनियमितता नभएको नेपाली सेनाको दावी

काठमाण्डौ, 17 फेब्रुअरी 2021

नेपाली सेनाले काठमाडौं–तराई द्रुतमार्गको जटिलकार्य गर्ने निर्माणकर्ता छान्ने प्रक्रिया पारदर्शी भएको दावी गरेको छ । संघीय संसद राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बुधबारको बैठकमा काठमाडौं–तराई द्रुतमार्ग अन्तर्गत फेज टुका ठेक्का विषयमा परेको उजुरीमाथि भएको छलफलमा नेपाली सेनाले द्रुतमार्गको जटिलकार्य गर्ने निर्माणकर्ता छान्ने प्रक्रियामा कुनै अनियमितता नभएको दावी गरेको हो । समितिमा काठमाडौं–तराई द्रुतमार्गको जटिलकार्य गर्ने निर्माणकर्ता छान्नका लागि नेपाली सेनाले पूर्व योग्यता निर्धारण गर्न मागेको आवेदनमा आवश्यक भन्दा कम कम्पनीहरु छानिएको भन्दै उजुरी परेको थियो । नेपाली सेनाले पूर्व योग्यता परिक्षणमा नेपाली कम्पनी बाहिर पारिएको भन्दै विरोध भइरहेको छ । यसै विषयमा समितिले द्रुतमार्ग हेर्ने नेपाली सेनाका अधिकारीहरुलाई बोलाई स्पष्टिकरण लिएको हो । छलफलमा नेपाली सेनाका महासेनानी एवं खरिद व्यवस्थापन महाशाखाका प्रमुख सुनिलसिंह राठोरले सार्वजनिक खरिद ऐन अनुसार नै पूर्व येग्यता निर्धारण गरिएको बताउनुभयो । आयोजनाको निर्माण कार्य वि.सं. २०८१ मा सम्पन्न गर्नुपर्ने भएकाले तत्काल टेण्डर आव्हान गरी निर्माण कार्यलाई तिब्रता दिने प्रक्रिया शुरु गरिएको पनि उहाँले बताउनुभयो । नेपाली सेनाले पूर्व योग्यताका लागि २०७६ फागुन ३० गते सार्वजनिक रुपमा आवेदन आव्हान गरेको थियो । २०७६ चैत ११ गते देखि बन्दाबन्दी भएपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले २०७६ चैत २५ गते पठाएको पत्र अनुसार म्याद थप गरी २०७७ भदौ ३० गते मात्रै प्रि सबमिसन मिटिङ गर्न सफल भएको पनि महासेनानी राठोरले बताउनुभयो । प्रि सबमिसन मिटिङमा २१ जना प्रतिनिधिको उपस्थिति रहेको र उपस्थित हुन नसकेकाहरुलाई जानकारी गराइएको बताउनुभयो । त्यसपछि २०७७ असोज १४ गते खोलुवा मुचुल्का तय गर्दा प्याकेज नं. १ मा २१ वटा र प्याकेज नं. २ मा २२ वटा अन्तर्राष्ट्रिय कम्पनीहरुको आवेदन परेको थियो । यस्तै २०७७ पुस ९ गते मूल्याङ्कन समितिले गरेको मूल्याङ्कन अनुसार प्याकेज नं. १ मा २ जना र प्याकेज नं. २ मा १ जना अन्तर्राष्ट्रिय कम्पनी सूचीकृत भएको महासेनानी राठोरले बताउनुभयो ।

द्रुतमार्ग आयोजनाका प्रमुख विकास पोखरेलले काठमाडौं–तराई द्रुतमार्गमा जटिल किसिमको काम गर्नुपर्ने ठाउँहरुलाई ११ वटा क्लस्टरमा विभाजन गरिएको बताउनुभयो । त्यसमध्ये ५ र ६ नम्बर क्लस्टर अति जटिल भएकाले निर्माण कर्ता छनोट गर्दा पूर्व योग्यता निर्धारण गर्नुपरेको र सार्वजनिक खरिद नियमावली अनुसार नै सो कार्य सम्पन्न गरिएको बताउनुभयो ।

काठमाडौं–तराई द्रुतमार्ग ७२ दशमलव ५ किलोमिटरको रहेको छ । जसमा ३ वटा सुरुङ मार्ग र ८७ वटा पुलहरु निर्माण हुनेछन् । बाटोको चौडाई पहाडमा २५ मिटर र तराईमा २७ मिटर रहनेछ । दु्रतमार्गमा पर्ने तीन वटै सुरुङमार्गको लम्बाई ६ किलोमिटर हुनेछ भने ८७ वटा पुलको कुल लम्बाई १० किलोमिटर रहने छ । द्रुतमार्गमा जटिल किसिमको काम गर्नुपर्ने ठाउँहरुलाई ११ वटा क्लस्टरमा विभाजन गरि काम शुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...