HomeFeatureसरकारले संविधान मिच्दैनः प्रधानमन्त्री ओली / निर्वाचनको तयारीमा लाग्न सम्बन्धित निकायहरुलाई...

सरकारले संविधान मिच्दैनः प्रधानमन्त्री ओली / निर्वाचनको तयारीमा लाग्न सम्बन्धित निकायहरुलाई आग्रह

काठमाण्डौ, 19 फेब्रुअरी 2021

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संविधान नमिच्ने बताउनु भएको छ । प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार काठमाडौंको टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकारले संविधान नमिच्ने र मिच्न नदिने बताउनुभएको हो । सरकारले जनताको अभिमत भन्दा विपरित नजाने, लोकतन्त्रको बाटो नबिराउने, भ्रष्ट्राचार नगर्ने र गर्न नदिने, सुशासन कायम गर्ने समेत प्रधानमन्त्री ओलीले बताउनुभयो ।  जनताको आकांक्षा र अभिमतबाट मात्रै लोकतन्त्र सञ्चालित हुन सकोस भन्ने अभिप्रायले सरकारले अस्थिरता खोज्ने प्रयासहरुलाई निस्तेज गर्दै नयाँ निर्वाचन घोषणा गरेको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नयाँ निर्वाचनको तयारीमा लाग्न सम्बन्धित निकायहरुलाई आग्रह समेत गर्नुभयो । देशलाई अस्थिरताबाट जोगाउन जुन अभिमतद्धारा अनुमोदित प्रक्रियाबाट लोकतान्त्रिक विधि सम्बत ढंगले देशलाई अगाडि बढाउन ताजा जनादेश आवश्यक भएको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सनातिना मतभेदहरुलाई छोडेर बृहत्तर राष्ट्रिय हितमा काम गर्न, स्वार्थहरुमा एकतावद्ध भएर अगाडि बढ्न सबै राजनीतिक पक्षहरुलाई आग्रह गर्नुभएको छ । अझैपनि शान्तिपूर्ण राजनीतिको मुलधारमा आउन नसकेका पक्षहरुलाई संवादको माध्यमबाट शान्तिपूर्ण राजनीतिको मुलधारमा आउन समेत आग्रह गर्नुभयो । पूर्वाधार र विकासका क्षेत्रमा भएका कामहरुबाट देशको आर्थिक समृद्धिमा महत्वपूर्ण उपलब्धीहरु प्राप्त भएको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । ती उपलब्धीहरुको रक्षा गर्दै अगाडि बढ्न र समृद्ध नेपाल सुखि नेपालीको आकांक्षा पुरा गर्ननका लागि सुशासन र विकासको बाटोबाट सरकार अगाडि बढ्ने अथक प्रयास गरिरहेको पनि बताउनुभयो ,।

विगत सात दशकमा राष्ट्रियतालाई सबल र सुदृढ गर्ने कुरामा, समाजिक न्याय र समानताका क्षेत्रमा भएका प्रयास, देशलाई समृद्धिको बाटोमा अगाडि बढाउने र लोकतन्त्रका मूल्य मान्यताहरुलाई स्थापित गर्ने सन्दर्भमा असाधारण उपलब्धीहरु हासिल भएको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । प्रधानमन्त्री ओलीले देशमा लोकतन्त्र आइसकेपछि पनि अन्यथा बाटोबाट अगाडि बढ्न सकिन्छ की भन्ने प्रवृतिहरु हावी हुन खोजेको बताउनुभयो । यस्ता कुराहरुमा सरकार सतर्क रहेको पनि बताउनुभयो ।

प्रधानमन्त्री ओलीले अर्को वर्षसम्म नेपाल अल्पविकशित राष्ट्रबाट विकासशिल राष्ट्रमा प्रवेश गर्नुपर्ने भएकाले धेरै कामहरु गर्नुपर्ने अवस्था रहेको पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...