HomeFeatureप्रधानमन्त्रीको दाबी नगरेको भन्दै देउबाले भने, संसदको अवरोध हटाउनु प्राथमिकता

प्रधानमन्त्रीको दाबी नगरेको भन्दै देउबाले भने, संसदको अवरोध हटाउनु प्राथमिकता

काठमाण्डौ, 6 मार्च 2021

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफुले प्रधानमन्त्रीको दाबी नगरेको बताउनुभएको छ ।  शनिबार बी.पी. स्मृति सामुदायिक सहकारी अस्पतालको १३ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै सभापति देउवाले विपक्षी दलको नेता भावि प्रधानमन्त्री भएपनि आफु प्रधानमन्त्रीको लागि तयार नभएको बताउनुभएको हो । महाधिवेशन नजिकिएको भन्दै उहाँले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो । उहाँले भन्नुभयो – ‘मैले प्रधानमन्त्रीको लागि तयार भएको होइन तर विपक्षी दलको नेता भनेको वेटिङ प्राइमिनिस्टर हो । विपक्षी दलको नेता भनेकै अल्टरनेटिभ प्राइमिनिस्टर हो । मैले प्राइमिनिस्टर खान्छु भनेकै छैन । अहिले पार्टीलाई एक गर्दै लानुपर्ने आवश्यकता छ । महाधिवेशन आइसकेको छ ।’

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसको पहिलो प्राथमिकता संसदको अवरोध हटाउने भएको बताउनुभएको छ । संसदीय प्रणालीको संरक्षक आफुहरु भएको र संसदीय प्रणालीमा आउनु अवरोध आफुहरुको असफलता हुने भन्दै बरिष्ठ नेता पौडेलले कांग्रेसले अरु आंकाक्षा नराखि संसदको अवरोधलाई हटाउने कुरामा मात्रै केन्द्रीत हुनुपर्नेमा जोड दिनुभयो । संसदीय व्यवस्थालाई क्षति पु¥याउने काम आफुहरुले गर्नुनहुने उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘संसदीय प्रणालीको संरक्षक हामी नै हौँ । संसदीय प्रणालीमा कुनै अवरोध आयो भने त्यो असफलता हाम्रो असफलता हो । त्यसकारण त्यो कुरा बुझेर हामीले संसदीय प्रणालीको डेडलकलाई हटाउने मात्रै कुरामा आफुलाई केन्द्रीत गरौँ । हामीले त्यो भन्दा बढ्ता आकांक्षा यो बेलामा राख्नुहुन्न भन्ने मलाई लाग्छ । अहिले हाम्रो सबैभन्दा पहिलो प्राथमिकता डेडलक हटाउनेतिर हो । आजैबाट सोचौँ । डेडलक भोलि नै हटाऔँ । अरु कुराको स्वार्थमा नलागिदिनुस् । किनभने भविष्य हाम्रो हो । भविष्य लोकतन्त्रको हो । भविष्य लोकतान्त्रिक समाजवादको हो । कम्युनिष्ट फेल भइसकेका छन् । संसदीय व्यवस्था विरुद्ध हतियार उठाउनेहरु एक एक गरेर असफल भएका छन् । तर संसदीय व्यवस्थालाई क्षति पुऱ्याउने काम हामीले नगरौँ ।’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नेपाली कांग्रेसले आगामी निर्वाचनको नेतृत्व गर्ने गरी अगाडी बढ्नुपर्ने धारणा राख्नुभयो । नेकपा हालसम्म विभाजन नभएको भन्दै नेकपा विभाजन नभई कुनै कदम चालिए अप्ठ्यारो परिस्थिति सिर्जना हुनेतर्फ उहाँले सचेत गराउनुभयो । उहाँले भन्नुभयो – ‘नेकपा आजको दिनसम्म विभाजन भएको छैन । नेकपा विभाजन नभइ कुनैपनि कदम चाल्दाखेरी त्यसले भोली अप्ठ्यारो  परिस्थिति सिर्जना गर्छकि भन्ने मलाइ चिन्ता छ । त्यो नहोस् । र मेरो चाहाना चाहिँ के हो भने २ वर्ष पछि त निर्वाचन हुने नै छ । त्यो निर्वाचनलाई हामिले सार्न सक्यौँ र त्यो निर्वाचनमा नेपाली कांग्रेसको नेतृत्वमा त्यो निर्वाचन हुन सक्यो भने, त्यो हिसाबले सोचेर अगाडी बढेमा पक्कैपनि नेपाली कांग्रेसको भविष्य छ ।’

नेता कोइरालाले नेपाली कांग्रेसको भातृ संगठनहरुको अधिवेशन नगरी निस्क्रिय बनाए पार्टी बनाउन सम्भव नभएको बताउनुभयो । पार्टीमा नयाँ पुस्ता नआएकोमा चिन्ता व्यक्त गर्दै उहाँले युवाहरुलाई आकर्षित गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...