HomeFeatureउपत्यकामा ट्राफिक व्यवस्थापन थप सहज बनाउन महानगरीय ट्राफिक प्रहरीद्वारा स्वयम्सेवक परिचालन

उपत्यकामा ट्राफिक व्यवस्थापन थप सहज बनाउन महानगरीय ट्राफिक प्रहरीद्वारा स्वयम्सेवक परिचालन

काठमाण्डौ,22 मार्च 2021

उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप सहज बनाउनको निम्ति महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक स्वयम्सेवक परिचालन गरेको छ । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सुरक्षित र व्यवस्थित गराउनको लागि पैदल यात्रीलाई ट्राफिक सचेतना दिने उद्देश्यले महानगरीय ट्राफिक प्रहरी महाशाखाले स्वयम्सेवक परिचालन गरेको हो । महाशाखाले राष्ट्रिय सेवा दलका ५० जना, ट्रिनिटी कलेज र मेधावी कलेजका ४५ जना गरि ९५ जना बिद्यार्थीहरुलाई स्वयंमसेवक सम्बन्धी प्रशिक्षण दिइ सवारी तथा पैद्लयात्रीको चाप हुने विभिन्न चोक जक्सन, आकाशेपुल र जेब्राक्रसिङमा १० दिन सम्मका लागि सोमबारदेखि परिचालन गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताउनुभयो । ट्राफिक स्वयंसेवकले सुरक्षित तरिकाले बाटो काट्न सहयोग गर्नुका साथै आकाशेपुल तथा फुटपाथको प्रयोग नगर्ने पैदलयात्रुहरुलाई जथाभावी बाटो नकाट्न र नियमको पालना गर्न सन्देश प्रबाह गर्ने प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले जानकारी दिनुभयो ।

त्यसैगरी महाशाखाले सोमबार नै पछिल्लो दुई हप्ता चोरी भएका ३० वटा मोटरसाइकल बरामद गरी सवारी धनिलाई बुझाएको छ । महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक टोलीले उपत्यकाको भक्तपुर, काँडाघारी,  माछापोखरी, गोकर्णेश्‍वर, टोखा, नयाँबसपार्कका साथै उपत्यकासँग सिमाना जोडिएका बिभिन्न स्थानहरुबाट चोरी भएका मोटरसाइकलहरु बरामद भएको महाशाखाले बताएको छ । महाशाखाले मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई पक्राउ समेत गरेको छ । महाशाखा प्रमुख भट्टराईले हराएका सवारी साधन खोजेर दिने काम ट्राफिक प्रहरीले निरन्तर गरिरहेको भएपनि हराउनै नदिन सवारी धनीले सचेतना अपनाउनुपर्ने बताउनुभयो ।

यस आर्थिक वर्षमा मात्रै हराएका ३३१ वटा मोटरसाइकल खोजतलास गरि सवारी धनीलाई जिम्मा लगाउनुको साथै चोरीमा संलग्न ४५ जना व्यक्तिहरूलाई पक्राउ गरी विभिन्न प्रहरी बृत्तहरुमार्फत मुद्दा चलाएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...