HomeFeatureमहाराष्ट्रमा लकडाउनका कारण नेपालीहरु बाटोमै अलपत्र, यात्रा गर्दा कोभिड रिपोर्ट अनिवार्य

महाराष्ट्रमा लकडाउनका कारण नेपालीहरु बाटोमै अलपत्र, यात्रा गर्दा कोभिड रिपोर्ट अनिवार्य

महाराष्ट्र,5 मार्च 2021

भारतमा कोभिड सङ्क्रमण बढेपछि नेपाल आउने जाने यात्रुहरुका लागि समस्या थपिएको छ। महाराष्ट्रमा सङ्क्रमण दिन प्रतिदिन बढ्दै गएपछि त्यहाँबाट आउने तथा नेपालबाट महाराष्ट्र जाने नेपालीहरु बाटोमै अलपत्र परेका छन्। भारतमा पहिलो पटक दैनिक संक्रमित हुनेको संख्या करीब एक लाखसम्म पुगेको छ जुन अहिले सम्मकै ठुलो संख्यामा रहेको केश हो। महाराष्ट्र, कर्नाटक, छतिसहढ, दिल्ली, तामिलनाडु, उत्तर प्रदेश, पंजाब, मध्य प्रदेश लगायतका राज्यहरुमा नयां कोभिड केसको संख्या तिव्र रुपमा बढेको छ। अहिलेको सन्दर्भमा करीब 80% कोभिड केशहरु यि राज्यहरुमै रहेका छन। भारतका विभिन्न राज्यहरुमा कोभिड मामिलाहरु लगातार बढ्दै गएपछि राज्य सरकारले राज्यमा आउने मानिसहरुका लागि कडाई गरेपछि नेपालीहरु बाटोमै अलपत्र हुन पुगेका हुन्। कोभिड मामिला बढेका राज्यहरुले राज्यमा लकडाउन गर्नुका साथै बाहिरबाट आउने मानिसहरुको अनिवार्य कोभिड रिपोर्ट माग्ने गरेको छ। बिशेषगरी महाराष्ट्रबाट नेपाल आउने जाने नेपालीहरु राज्यको नाकामा अलपत्र परेका हुन्। हिजो मुम्बईबाट नेपाल गईरहेका कैयौं बसहरुलाई यात्रुको कोभिड रिपोर्ट नभएका कारण राज्यको नाका पार गर्न दिईएको थिएन। उनिहरुको कोभिड जाँच गर्न भन्दै आजसम्म सिमामै रोकिएको छ। मुम्बईका बिराज ठकुल्ला र अर्जुन कुमार बिकेले नेशनल लाईभसित कुरा गर्दै हिजो मुम्बईबाट नेपाल जान लागेका कयौं नेपालीहरुलाई महाराष्ट्रको सीमामा रोकिएको बताएका छन । महाराष्ट्रमा कोभिड संक्रमण धेरै बढेको भन्दै अन्य राज्यहरुले आफ्नो राज्यमा प्रवेश गर्नु अघि कोभिड परीक्षण गराइरहेको उनिहरुले बताएका छन । उनिहरुको आज कोभिड जाँच पश्चात नेपाल जान दिने भनिएको छ।

अहिले भारतमा कोभिड केशको मामिला बढेकोले नेपाल भारत सिमामा पनि कडाई गरिएको जानकारी आएको छ। कोभिड रिपोर्ट साथमा नभएकाहरुलाई रोक्ने गरेको समचारहरु आइरहेका छन। यात्रुसँग 48 घण्टा पुरानो कोभिड जाँचको रिपोर्ट अनिवार्य साथमा हुनुपर्ने पनि भनिएको छ। यद्यपी बसमा सवार गर्ने यात्रुहरुलाई छलछाम गरेर आउने गरेतापनि रेलमा यात्रा गर्नेहरुलाई कोभिड रिपोर्ट नभएका यात्रुहरुलाई यात्रा गर्न पुर्णरुपमा रोक लगाएको छ। महाराष्ट्र सरकारले आज साँझदेखी 30 अप्रिल सम्मका लागि मिनि लकडाउन गरेको छ जसमा साँझ 7 बजेदेखि बिहान 8 बजेसम्म कर्फ्यु पनि लगाएको छ।

भारतका अधिकांश क्षेत्रहरुमा जोखिम बढेका कारण यात्रा गर्दा 48 घण्टा भित्रको कोभिड रिपोर्ट साथमा नलिएर यात्रा गर्दा कठिनाई पर्ने देखिएकोछ। यात्रा गर्दा बाटोमा अलपत्र पर्ने समस्या र स्वयम पनि संक्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरि यात्रा गर्न आग्रह गर्दछौं ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...