HomeFeatureतरकारी बजारमा पनि अनलाईन भुक्तानी शुरु, धुम्बाराही तरकारी बजारमा क्यूआर कोड सेवा

तरकारी बजारमा पनि अनलाईन भुक्तानी शुरु, धुम्बाराही तरकारी बजारमा क्यूआर कोड सेवा

काठमाण्डौ,6 अप्रैल 2021

नबिल बैंकले काठमाडौंको धुम्बाराही स्थित तरकारी बजारमा क्यूआर कोड भुक्तानी सेवा शुरु गरेको छ। बैंकले मंगलबार एक कार्यक्रम आयोजना गरी धुम्बाराही तरकारी बजारमा क्यूआर कोड मार्फत भुक्तानी सेवा शुरु गरेको हो । बैंकले नगदरहित भुक्तानी सेवालाई विस्तार गर्ने अभियान अनुरुप उक्त तरकारी बजारमा क्यूआरकोड भुक्तानी सेवा शुरु गरेको हो । सो अवसरमा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले क्यूआर कोडको प्रयोगले डिजिटल प्रविधिमा आधारीत कारोबारमा मानिसहरुलाई सहज पुर्याउने बताउनुभयो।

कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले देशै भर सानो सानो पसलमा क्यूआर कोड मार्फत नगदरहित कारोबार गराउने अभियानमा बैंक लागेको बताउनुभयो । अहिले क्यूआर कोडका कारण बैंकिङ कारोबार बढेको र कहिल्यै पनि बैंक खाता नखोलेका मानिसले पनि बैंक खाता खोली कारोबार गर्न थालेको उहाँले बताउनुभयो ।

क्यूआर कोडबाट रकम भुक्तानी लिदा कुनैपनि सेवा शुल्क नलाग्ने भएकाले यसको प्रचलन बढ्दै गएको छ । यस्तै नगदरहीत कारोबार बढाउने नेपाल राष्ट्र बैंकको अभियानलाई पनि क्यूआर कोड मार्फत हुने कारोबारले सघाउ पुग्ने विश्वास बैंकले लिएको छ । धुम्बाराही तरकारी बजारमा थोक र खुद्रा गरी दुई सय पसल रहेका छन् । बैंकले हाल ५० वटा पसलमा व्यवसायिक क्यूआर कोड भुक्तानी सेवा शुरु गरेको छ । बाँकी पसललाई पनि छिट्टै क्यूआर कोड प्रदान गरिने बैंकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...