HomeFeatureत्रिदेशीय क्रिकेट सिरिजको उपाधि नेपाललाई

त्रिदेशीय क्रिकेट सिरिजको उपाधि नेपाललाई

काठमाडौं, 24 अप्रिल 2021

नेपालले त्रिविस्थित मैदानमा आज भएको फाइनल खेलमा नेदरल्याण्डलाई हराउँदै त्रिदेशीय टी-२० क्रिकेट श्रृंखलाको उपाधि जित्न सफल भएको छ । शनिबार भएको फाइनलमा नेपालले नेदरल्याण्डलाई १४२ रनले पराजित गरेको हो । फाइनलमा नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको नेदरल्याण्डले १७.२ ओभरमा सबै विकेट गुमाउँदै ९६ रन मात्रै बनाउन सकेको थियो । नेपालको जीतका लागि कुशल भुर्तेलले कीर्तिमानी अर्धशतकसहित सर्वाधिक रन बनाए । उनले ५३ बलमा ३ छक्का र ८ चौकासहित ७७ रनको योगदान गर्दै आउट भए ।

यता कुशल मल्लले पनि नेपालका लागि अर्धशतक बनाए । उनले २४ बलमा नटआउट ५ छक्का र २ चौकासहित ५० रन बनाए भने दिपेन्द्र सिंह ऐरीले पनि १८ बलमा नटआउट ३ छक्का र ५ चौकासहित ४८ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्लले १९ बलमा ३३ रन र आशिफ शेखले ८ बलमा १६ रन बनाएर आउट भए । त्यस्तै जीतका लागि करण केसीले सर्वाधिक ३ रन लिए भने सन्दिप लामिछाने र कमल सिंह ऐरीले समान २-२ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...