जयपुर, 24 अप्रेल 2021, कमल सिंह
राजस्थानको जयपुरमा प्यूठानका एक नेपाली मजदूरको मृत्यु भएपछि त्यहाँ रहेको नेपासी समाजले आज अन्तिम संस्कार गरिएको छ । नीजि कम्पनीमा रोजगारी गर्ने प्यूठानको लुंग गाँउका 55 वर्षीय दीपक केसीको आज अनूप कुमार र सूरज पोलको नेतृत्वमा नेपाली संस्कृति सेवा परिषदले अन्तिम संस्कार गरेको हो ।
55 वर्षीय दीपक केसीको आज आकस्मिक निधन भएको थियो । मृतक दीपक केसीको जयपुरमा आफन्त कोही नभएको र नेपालबाट उनका आफन्त आउन सक्ने अवस्था नभएपछि नेपाली संस्कृति सेवा परिषदलेनै उनको अन्तिम संस्कार गरेको हो । उनको दाहसंस्कारमा कमल सिंह, बलवीर सिंह, मानबहादुर कोइराला, मोहन सिंह, दिल बहादुर थापा, शेखर थापा लगायत उपस्थित रहेका थिए । कोभिड महामारीका कारण भारतमा स्थिति चिन्ताजनक छ । त्यसको असर यहाँ रोजगारी गरिरहेका नेपालीहरुमा पनि परिरहेको छ । विभिन्न कारणले ज्यान गुमाइरहेका नेपालीहरुलाई अहिले लकडाउनको परिस्थितिमा नेपाल पठाउन सकिने अवस्था नभएपछि सामाजिक संगठनहरुनै अगाडी आएर उनिहरुको अन्तिम संस्कार गरिरहेका छन ।









































