HomeFeatureजिल्ला प्रशासन कार्यालय काठमाण्डौमा अत्यावश्यक बाहेकका सेवा बन्द

जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा अत्यावश्यक बाहेकका सेवा बन्द

काठमाण्डौ, 25 अप्रिल 2021
जिल्ला प्रशासन कार्यालय काठमाण्डौले अत्यावश्यक बाहेकका सेवाहरु स्थगित गरेको छ । काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले अत्यावश्यक बाहेकका सेवाहरु बैशाख १३ गतेदेखि २० गते सम्मका लागि स्थगित गरिएको बताउनुभयो । कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण भएको र संक्रमितको सम्पर्कमा रहेका कर्मचारीलाई पनि परिक्षण गर्नुपर्ने भएकाले संक्रमण फैलिने जोखिमलाई मध्यनजर गर्दै सेवा स्थगित गरिएको उहाँले बताउनुभयो । यसबाहेक भिडभाड हुने अन्य कार्यालयहरुमा पनि सेवा प्रवाहका वैकल्पिक विधि अपनाउन आग्रह गर्नुभयो ।

स्थगित गरिएका सेवाहरुमा नयाँ नागरिकता, नागरिकता प्रतिलिपी र नाबालक परिचयपत्र, राहदानी वितरण तथा सिफारिस, हातहतियार दर्ता नवीकरण, संस्था दर्ता तथा नवीकरण र पत्रपत्रिका दर्ता रहेका छन् । तर शान्ति सुरक्षासँग सम्बन्धित निवेदन र मुद्दासँग सम्बन्धित कार्यहरु र अन्य अत्यावश्यक सिफारिसका सम्बन्धमा सेवा सूचारु रहने बताउनुभयो । आइतबार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठक बसेर अनावश्यक भिडभाड हुने कार्यालयको सेवा प्रवाहलाई कार्यतालिका बनाई आलोपालो गरी वैकल्पिक व्यवस्था मिलाई भिडभाड कम गर्ने, सचेतना अभियान चलाउने, प्रचार प्रसार गर्ने र भिडभाड कम गर्न सबैलाई अनुरोध गर्ने निर्णय गरेको पनि प्रमुख जिल्ला अधिकारी पराजुलीले बताउनुभयो । मास्क नलगाई हिड्ने व्यक्तिलाई जरिवाना गर्न प्रहरीलाई निर्देशन दिइएको पनि उहाँले बताउनुभयो ।

अत्यावश्यक सेवा लिन आउने सेवाग्राहीहरुले अनावश्यक भिडभाड नगरी जनस्वास्थ्य मापदण्डहरुको पूर्ण पालना गर्दै अनिवार्य रुपमा मास्क लगाएर मात्रै कार्यालय प्रवेश गर्न पनि प्रशासनले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...