HomeFeatureप्रधानमन्त्रीले भने नागरिकको जीवनरक्षा सरकारको पहिलो दायित्व, कोही भोकै पनि मर्दैन

प्रधानमन्त्रीले भने नागरिकको जीवनरक्षा सरकारको पहिलो दायित्व, कोही भोकै पनि मर्दैन

काठमाण्डौ, 3 मे 2021

प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीका कारण कसैले जीवन गुमाउनु नपरोस् भन्नेमा सरकार संवेदनशिल रहेको भन्दै संयम हुन सबैलाई अपिल गर्नुभएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै नागरिकको जीवनरक्षा पहिलो दायित्व हो भन्नेमा सरकार दृढ रहेको र कोभिड १९ को दोश्रो लहरको रोकथाम, नियन्त्रण र उपचारमा केन्द्रीत रहेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो “कुनै पनि नागरिक स्वास्थ्य सुविधाबाट बञ्चित हुन नपरोस् र महामारीका कारण कसैले जीवन गुमाउनु नपरोस् भन्नेमा सरकार संवेदनशिल छ । नागरिकको जीवनरक्षा यस सरकारको पहिलो दायित्व हो भन्नेमा म पुनः जोड दिन चाहन्छु । ”

विगतको भन्दा पछिल्लो संक्रमण निकै घातक भएको भन्दै उहाँले दोश्रो लहरको महामारीको रोकथाम र नियन्त्रणका लागि सरकारका सबै संयन्त्रहरु परिचालित भएको, संक्रमणको सांग्लो चुडाँउन निषेधाज्ञालाई केही कडाई गरिएको र यसलाई प्रभावकारी ढंगले लागु गर्न सबैबाट सहयोग हुने अपेक्षा सरकारले गरेको बताउनुभयो । उहाँले सरकारले कोभिड १९ को दोश्रो लहर रोकथाम र नियन्त्रणका लागि जारी गरेको स्वास्थ्य मापदण्ड उलंघन गर्नेलाई कारवाही गरिने भएको छ । उहाँले सरकारले जारी गरेको बन्दाबन्दी वा निषेधाज्ञाका कारण कसैलाई भोकै मर्नुपर्ने अवस्था आउन नदिने आश्वासन दिनुभयो । सरकारले हर हालतमा आफ्नो दायित्व पुरा गर्ने भन्दै उहाँले धैर्य र संयम भई स्वास्थ्य मापदण्डहरु पालना गर्नुको साथै सरकारले जारी गरेका निर्देशन पालनामा सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो “निषेधाज्ञाका कारण कसैलाई पनि भोकै मर्न नदिनेमा सरकार सचेत रहनेछ । महामारी नियन्त्रण भएसंगै अर्थतन्त्र र रोजगारीका क्षेत्रलाई ध्वस्त हुन नदिन आवश्यक प्रबन्ध गरिने छ । महामारीको संक्रमण बढ्न नदिन सरकारले हर हालतमा आफ्नो दायित्व पुरा गर्छ । यसलाई प्रभावकारी बनाउन सरकारको साथै आम नागरिकको पनि उत्तिकै भुमिका हुन्छ । त्यसैल सरकारले जारी गरेका निर्देशन पालन गरि घर मै बसौ । धैर्य गरौ । संयमता अपनाउँ । सावधान होऔ तर आतंकित नबनौ । ”

वैशाख २० गते राती १२ बजे देखि बैशाख मसान्तसम्म आन्तरिक उडान र २३ गते मध्यरात देखि बैशाख मसान्तसम्म अन्तराष्ट्रिय उडान बन्द गरिएको, स्थलमार्गबाट विदेशी नागरिकको आवागमन बन्द गरिएको, नेपाली नागरिक प्रवेशका लागि नेपाल भारतबीचको सिमा नाका मध्ये १३ नाका मात्रै संञ्चालनमा ल्याईएको, आपुर्ति व्यवस्था प्रभावित नहुने गरि ढुवानीका साधन चल्ने व्यवस्था मिलाईएको,भारतसंग सिमाना जोडिएका नाकामा रहेका हेल्थ डेक्सबाट एन्टिजिन परीक्षण गरेर मात्रै प्रवेश दिईने र संक्रमित पाईए उपचार गराएर मात्रै समुदायमा पठाउने व्यवस्था मिलाईएको पनि उहाँले जानकारी दिनुभयो ।

सरकारी तथा अन्य कार्यालयमा १ चौथाई कर्मचारीबाट कार्यसम्पादन गराउन सुरु गरिएको, अत्यावश्यक बाहेक अन्य कार्यालयहरु बैशाख मसान्त सम्म बन्द गर्न भनिएको, नेपाली सेनालाई प्रदेश तथा राजधानीमा शिघ्र १ हजार शैयाको अस्थायी अस्पताल निर्माण गर्न निर्देशन दिईएको, विरअस्पतालको नयाँ भवन र नेपाली सेनाको त्रिचन्द्र मिलिटरी अस्पताल, काठमाण्डौ उपत्यकाका धेरै शैया भएका मेडिकल कलेज, ठूला सरकारी तथा निजी अस्पताललाई कोभिड अस्पतालको रुपमा सञ्चालन गर्ने व्यवस्था मिलाईएको पनि प्रधानमन्त्रीले जानकारी दिनुभयो ।

शैयाको विवरण पठाउनुपर्ने

सबै सरकारी तथा नीजी अस्पतालले आफुकहाँ उपलब्ध शैया मध्ये प्रयोग भएका र नभएका शैयाको दैनिक विवरण अध्यावधी गरि सो को विवरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाउनुपर्ने भएको छ । अस्पतालहरुले आपतकालिन समयमा बेड भएर पनि उपलब्ध नगराई शैया लुकाएको पाईएमा सरकारले त्यस्ता अस्पताललाई कारवाही गर्ने भएको छ ।

प्रधानमन्त्रीले भन्नुभयो  “कुनै अस्पतालले विवरण पुरा नपठाए, शैया लुकाएको भेटिएमा कारवाही हुनेछ ।”

सरकारले ठूला अस्पताल र मेडिकल कलेजमा अक्सिजन प्लाण्टको स्थापना गर्ने भएको छ । प्रधानमन्त्रीले लिक्वीड अक्सिजन निर्यात गर्नेलाई कडा कारवाही गरिने बताउनुभयो । देशभरका अक्सिजन प्लाण्टबाट उत्पादित अक्सिजन हाललाई अस्पताल र उपचारको प्रयोजनका लागि मात्रै प्रयोग गर्ने गरि अन्य क्षेत्रमा आपूर्ति गर्न रोक लगाइएको पनि उहाँले जानकारी दिनुभयो । कोभिडको उपचारमा प्रयोग हुने एन्टीभाइरल र अन्य जीवनरक्षक औषधी प्रत्येक अस्पतालले मौज्दातमा राख्न पनि सरकारले निर्देशन दिएको छ ।

सरकारले कोभिड १९ को संक्रमणका विरामीको उपचारमा परिचालन हुने चिकित्सक, ओसार पसार, शब व्यवस्थापन, सरसफाई लगायत सबै क्षेत्रका कर्मचारीहरुलाई सुरु तलब स्केलको ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउनुको साथै परिवारको उपचार र विमाको व्यवस्था गर्ने भएको छ ।

सरकारले सबै नागरिकलाई निशुल्क खोप उपलब्ध गराउने प्रक्रिया सुरु गरिसकेको र त्यसका लागि आवश्यक मात्रामा खोप खरिद प्रक्रिया सुरु गरिसकेको पनि उहाँले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले अहिले सम्म २१ लाख नागरिकलाई पहिलो डोज, ३ लाख ७० हजारले दोश्रो डोज लगाईसकेको पनि उहाँले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले सरकारी र निजी गरि ८७ स्थानमा पिसिआर परीक्षणको व्यवस्था मिलाईएको लगायत कोभिडका कारण अहिले सम्म मृत्युभएका, उपचार गराईरहेका र सक्रिय संक्रमितहरुको विवरण पनि प्रस्तुत गर्नुभयो । उहाँले उपचारमा संलग्न सबैलाई विच्चलित नभई आफ्नो कर्तव्य निर्वाह गर्न र सबै जनप्रतिनिधिलाई कोभिड विरुद्ध जनचेतना जगाउन र असहायलाई सहयोग गर्न अनुरोध गर्नुभयो ।

उहाँले गतबर्ष महामारी भित्रनुअघि नै  कोभिड १९को संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारी निकायबीच समन्वय गरि प्रभावकारी काम गर्न उपप्रधानमन्त्रीको संयोजकत्वमा कोभिड १९ संकट व्यवस्थापन केन्द्रीय निर्देशक समिति गठन गरेको र त्यसैको योजनामा देशभर होल्डिङ ङसेन्टर र आईसोलेन केन्द्र, क्वारिन्टीन बनाउनुको साथै अस्पतालमा प्रभावकारी उपचारको व्यवस्था मिलाईएको उल्लेख गर्नुभयो ।  उहाँले गत एक बर्षमा स्वास्थ्य संरचनामा उल्लेखनीय सुधार भएको, सबै अस्पताललाई कोभिडको उपचार गर्न सक्ने स्थितिमा पुराएको, सबै स्थानीय तहमा ५ देखि १५ शैयाका आधारभूत अस्पताल निर्माण र केन्द्र तथा प्रदेशमा संक्रामक रोग अस्पताल निर्माणलाई तिब्रता दिईएको पनि दाबी गर्नुभयो ।

प्रधानमन्त्री ओलीले महामारी नियन्त्रणका लागि सरकारले चालेका कदममा सबैको साथ र सहयोग रहने विश्वास आफुले गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...