HomeFeatureनेपालमा कोभिडको औषधि मानिएको रेम्डेसिभिरको कार्टेलिङ गर्ने, लुकाउने, बढी मुल्य लिनेलाई कारबाही...

नेपालमा कोभिडको औषधि मानिएको रेम्डेसिभिरको कार्टेलिङ गर्ने, लुकाउने, बढी मुल्य लिनेलाई कारबाही हुने

काठमाण्डौ, 4 मे 2021

कोभिडको बिरामीलाई आवश्यक औषधि मानिएको रेम्डेसिभिरको कार्टेलिङ गर्ने, लुकाउने, बढी मुल्य लिनेलाई विभागले कडा कारबाही गर्ने भएको छ । मंगलबार प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समिति अन्र्तगतको कोभिड १९ सम्बन्धी उपसमितिको छलफलमा औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले रेम्डेसिभिरको सहज पहुँचको लागि बजार अनुगमन कडा बनाइएको बताउनुभयो । कुनै बिक्रेताले औषधिको मुल्य लगायतको विक्रिमा अवैध काम गरे लाइसेन्स रद्द गराउने सम्मको कारबाही गर्न सकिने महानिर्देशक भट्टराईले बताउनुभयो । बजारमा अलिअलि अभाव भएपनि आपुर्ति नियमित गर्न ३ हजार भाइल रेम्डेसिभिर बनारसबाट मगाइएको बताउनुभयो ।

कोभिड अस्पतालको मागको आधारमा आवश्यक रेम्डेसिभिर र अत्यावश्यक औषधिको व्यवस्थापन गर्न विभागले सबै पक्षसँग समन्वय गरेर काम गरिरहेको महानिर्देशक भट्टराईको भनाई छ । विभागले ५५ हजार रेम्डेसिभिर ल्याउन आयातकर्ताहरुलाई अनुमति दिएको बताएको छ । औषधिको अभावमा कोही बिरामी मर्नु नपरोस् भनेर काम गरिरहेको महानिर्देशक भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...