सुनसरी, 8 जुन 2021
कोभिड १९ का कारण भोकै रहन बाध्य भएकाहरुलाई सहयोग गर्न विभिन्न संघ संस्था र मनकारीहरु अगाडी आइरहेका छन । यसै सन्दर्भमा सुनसरीमा समाजवादी पार्टी नेपालका युवा नेता एंव सुनसरी जिल्ला सचिव प्रदीप कार्की विपन्नहरुलाई निशुल्क खाद्यान्न वितरण कार्यक्रम समर्पित भएर लागि पर्नु भएको छ । उहाँले दैनिक २०/३० घर परिवारलाई निशुल्क खाद्यान्न वितरण गरिरहनु भएको छ ।
उहाँले सुनसरी जिल्लाका विभिन्न वडा गाँउपालिका/ नगरपालिका र विभिन्न स्थानहरुमा खाद्ययान वितरण गर्दै आउनु भएको छ । कोभिड महामारीका कारण समस्यामा परेकाहरुले जानकारी दिने वित्तिकै कार्की खाद्यान सहित पुग्नु हुन्छ । उहाँले यो अभियान निषेधाज्ञा अवधिभर निरन्तर चलाउने बताउनु भएको छ ।

विश्व-व्यापी रुपमा फैलिएको कोभिड महामारीलाई रोकथाम गर्न लकडाउन जारी रहेको छ । लकडाउनको समयमा कयौं मानिसहरुको रोजगारी गुम्नुका साथै मजदुरहरुको छाक समेत खोसिएको छ। विशेषगरी शारीरिक अपांग तथा असाहय, परिवारविहिन, मजदुर तथा आर्थिक रुपमा विपन्न भएका व्यक्तिहरु एकैपटक रोग र भोक संग लड्नुपरेको छ।
भोकका कारण कसैले ज्यान गुमाउन नपरोस्, कोही पनि भोकै बस्न नपरोस भन्ने उदेश्यले समाजवादी पर्टीका युवा नेता सुनसरी जिल्ला सचिव प्रदिप कार्कीले भोको पेटलाई निशुल्क खाद्यान वितरणको अभियान शुरु गर्नु भएको गणेश अधिकारीले बताउनु भएको छ ।









































