HomeFeatureवर्तमान सरकारको अपराधिकरण भयो: भट्टराई

वर्तमान सरकारको अपराधिकरण भयो: भट्टराई

काठमाडौं, 4  अगस्त, 2021

राष्ट्रिय सभा सांसद खिमलाल भट्टराईले वर्तमान सरकार आएदेखि अपराधिकरणको सुरुवात भएको आरोप लगाउनुभएको छ । राष्ट्रिय सभाको बुधवारको बैठकमा बोल्दै सांसद भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार बनेदेखि देशमा अपराधिकरण र कुशासनको सुरुवात भएको आरोप लगाउनुभएको हो । उहाँले भ्रष्टाचारको आरोप लागेको व्यक्तिलाई सरकार बनाएको भोलिपल्टै धरौटीमा रिहा गर्नेदेखि मान्छे मार्ने व्यक्तिलाई समेत निकाल्न लागेको भन्दै सरकारले कुशासनको अभ्यास गरेको बताउनुभएको हो । सरकारले ओली नेतृत्वको सरकारले ल्याएर राखेको कोभिड १९ विरुद्धको खोपसमेत व्यवस्थित रुपमा जनता समक्ष पुर्याउन नसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘परमादेश सरकार बनेको अर्को दिनदेखि यो मुलुकमा राजनीतिक अपराधिकरणको सुरुवात भएको छ । हाक्काहाक्की कुशासनको आरम्भ भएको छ । लोकतन्त्र भनेको विधि र पद्धतीमा चल्ने शासन व्यवस्था हो । तर आज लोकतन्त्रको नाममा विधि र पद्धतीको धज्जी उडाइएको छ । एमाले सरकारले नेपाली जनतालाई पुग्नेगरी खोपको प्रवन्ध गरेको थियो । चिन्ताको विषय, अरुले व्यवस्थापन गरेको खोपको पनि यो सरकारले व्यवस्थित रुपमा जनताकोमा पुर्याउन सकेन । खोप हराए । खोपमा सोर्सफोर्सको कुरा आइरहेको छ । सोर्सफोर्सले खोप लगाउन पाउन, सर्वसाधारण वञ्चित हुने अवस्था सिर्जना भएको छ ।

सांसद भट्टराईले अदालत  दलीय व्यवस्था र संसदीय परिपाटीको वर्खिलाप गएको भन्दै त्यसका विरुद्ध एमालेले वैचारिक संघर्ष जारी राख्ने पनि बताउनुभयो । उहाँले अहिले लोकतन्त्रले हारेको र लोकतन्त्रले हार्दा सबै नेताहरुले हार्ने पनि उल्लेख गर्नुभयो । बहुदलीय व्यवस्थामा निर्दलीयताको पक्षपोषण भएको भन्दै उहाँले त्यसलाई स्वीकार्न नसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘अदालत दलीय व्यवस्थाको बर्खिलाप गएको छ । अदालत संसदीय परिपाटीको विरुद्ध गएको छ । लोकतान्त्रिक मान्यताहरु खण्डित भएका छन् । संविधानको धज्जी उडाइएको छ । संविधानको ठाडो उल्लंघन र लोकतन्त्रको मर्म माथिको प्रहार सहन सकिन्न । कतिपयलाई मैले जितेको छु भन्ने लागेको हुन सक्दछ । तर लोकतन्त्रले हार्दा अहिलेको राजनीतिक मञ्चमा कुनैपनि खेलाडीको जित हुनेवाला छैन । बहुदलीय व्यवस्थामा निर्दलीयताको पक्षपोषण खतरनाक कुरा हो । यसको समर्थन गर्न सकिन्न । अदालतले गरेको यस गलत फैसलाको विरुद्ध नेकपा एमालेले आफ्नो वैचारिक संघर्ष जारी राख्दछ । र जारी राख्नुपर्दछ ।

उहाँले दार्चुलाका जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारले खुट्टा कमाएको पनि बताउनुभयो । प्रधानमन्त्रीले भारतिय समकक्षीसँग सम्वाद गर्नुपर्ने अथवा राजदूतलाई बोलाएर यस सम्बन्धमा सम्वाद गर्नुपर्ने उहाँले बताउनुभयो । यस प्रकरणमा सरकारले केही गर्न नसकेको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो –  ‘यो मानवताविरोधी जघन्य अपराध हो । नेपालीहरुका लागि यो असाध्यै दुखद र पीडादायी घटना पनि हो । परमादेश सरकारले खुट्टा किन कमाएको हो ? भारतीय एसएसबिका जवानले तुइनको तार काटेर जयसिंह धामी नदीमा खसेर बेपत्ता भएका हुन् । देखि जान्ने साक्षीहरुले यो कुरा भनिरहेका छन् । बुझ्न बाँकी के छ ? यो मानवतासँग जोडिएको र राष्ट्रियतासँग पनि सम्बन्ध राख्ने घटना हो । भारतिय पक्षको हेपाहा र मिचाहा प्रवृत्ति पनि हो । यस्तो घटनामा नेपाल सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाज्यूले भारतिय समकक्षीसँग सम्वाद गर्नुपर्ने होइन र ? राजदूतलाई बोलाएर सम्वाद गर्नुपर्ने होइन र ? तार काटेर घटना घटाउने एसएसबीका जवानलाई तत्काल कारबाही गराउनुपर्ने होइन र ? बेपत्ता जयसिंहको परिवारलाई राहत, क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने होइन ? तर परमादेश सरकार सुनसान छ । केही गर्न सकिराखेको छैन ।

वर्तमान सरकारले भुमी सम्बन्धी समस्या समाधान आयोग खारेज गरेर गरिब र निमुखाको विरुद्धमा लागेको उहाँले बताउनुभयो । सरकारले संसदलाई बिजनेश दिन नसकेको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...