HomeFeatureविदेशबाट आउने पर्यटकहरुलाई क्वारेन्टाइनमा बस्न न हुने : भवि शर्मा

विदेशबाट आउने पर्यटकहरुलाई क्वारेन्टाइनमा बस्न न हुने : भवि शर्मा

काठमाडौं, 4  अगस्त, 2021

ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भवि शर्माले विदेशबाट आउने पर्यटकहरुले क्वारेन्टाइनमा बस्न आवश्यक नरहेको बताउनुभएको छ । उहाँले विदेशबाट आउने पर्यटकहरुको कोरोना परीक्षण पनि गरेको हुने र भ्याक्सिन पनि लगाएको हुनाले क्वारेन्टाइनमा बस्न आवश्यक नरहेको बताउनुभएको हो । त्यस्तै उहाँले ठमेलमा अधिकांश घरधनी र व्यवसायीहरुले कोरोना विरुद्धको भ्याक्सिन लगाइसकेको बताउनुभयो । १० हजार कोरोनाविद्धको भ्याक्सिन ल्याएर ठमेल क्षेत्रको, ठमेल टुरिजम डेभलपमेण्ट काउन्सिलको एउटै भ्याक्सिन सेन्टर बनाएर भ्याक्सिन लगाउने संघसंस्था अर्को कुनै नरहेको पनि उहाँले बताउनुभयो ।

उपाध्यक्ष शर्माले भन्नुभयो, “ठमेलमा अधिकांश घरधनी र व्यवसायीहरुले भ्याक्सिन लगाइसक्नुभएको छ । भ्याक्सिन लगाउन विभिन्न कारणले छुट्नुभयो, कोभिडको कारण, वा काठमाडौं भन्दा बाहिर जानुभयो वा अन्य कुराले बिरामी भएर भ्याक्सिन लगाउन पाउनुभएन, त्यो ५ प्रतिशत मात्रै होला । १० हजार भ्याक्सिन ल्याएर ठमेल क्षेत्रको, ठमेल टुरिजम डेभलपमेण्ट काउन्सिलको एउटै भ्याक्सिन सेन्टर बनाएर आजको दिनसम्म भ्याक्सिन लगाउने संघसंस्था भनेको हामी मात्रै हो, विदेशबाट आउँदा विदेशी पर्यटकहरुले भ्याक्सिन पनि लगाएर आउनुभएको छ, ७२ घण्टाअघि पीसीआर नेगेटिभ आएको छ भने उहाँहरुलाई ल्याएर क्वारेन्टाइनमा राख्नुको कुनै अर्थ छैन ।

कोरोनाको कारणले गर्दा व्यपार व्यवसाय ठप्प भएपछि कतिपय व्यवसायीहरुले आत्महत्या र कतिपय मानसिक रोगी बनेको समेत उहाँले उल्लेख गर्नुभयो । साथै कतिपय व्यवसायीको लाइफस्टाइल १०० बाट १० प्रतिशत तिर गइरहेको उपाध्यक्ष शर्माले बताउनुभयो । उहाँले एकपछि अर्को गर्दै आइरहेको भेरियन्टमा लक जाने हो भने सबै व्यवसायीको आत्मबल गिर्ने उल्लेख गर्नुभयो ।

उपाध्यक्ष शर्माले भन्नुभयो, “सरकारले मौद्रिक नीतिका कुराहरु छिटो नै कार्यान्वयन गर्नुपर्छ । होइन भने एकपछि अर्को गर्दै आइरहेको भेरियन्टमा लक (बन्द) भएर बस्दै जाने हो भने कहिलेसम्म हामी यो अवस्थामा बस्न सक्छौँ त ? यसले भोलि हामीमा पनि आत्मबल गिर्छ, कति व्यवसायीक साथीहरुले सुसाइड (आत्महत्या) गरेको अवस्था छ, कति मानसिक रोगी भइसक्नुभएको छ । उहाँहरुलाई फाइनान्सियल टचर छँदैछ भने हिजोको लाइफ स्टाइल पनि आज घटेर १०० बाट १० प्रतिशतमा गइरहेको छ । त्यसैले यसलाई सहज बनाएर लैजाने बाहेक अर्को कुनै पनि विकल्प छैन ।

पर्यटकलाई आह्वान गर्दा सरकारले पनि नेपालमा पर्यटन व्यवसायी र कर्मचारीहरु भ्याक्सिनेट भइसकेको र सबै सुरक्षित हुनुहुनेछ भन्ने सन्देश दिएर पर्यटक आह्वान गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...