HomeFeatureप्रधानमन्त्री, मन्त्री र सांसदहरुको सम्पति अनुसन्धान गर्नुपर्ने: माया प्रसाद

प्रधानमन्त्री, मन्त्री र सांसदहरुको सम्पति अनुसन्धान गर्नुपर्ने: माया प्रसाद

काठमाडौं, 10 अगस्त, 2021

राष्ट्रिय सभा सदस्य माया प्रसाद शर्माले ०४६ सालपछिका प्रधानमन्त्री, मन्त्री र सांसदहरुको सम्पति विवरणको अनुसन्धान गर्नुपर्ने बताउनुभएको छ । मंगलबारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य माया प्रसाद शर्माले देशमा भ्रष्टाचार, अनियमितता र ढिलासुस्तीलाई निर्मुल गर्न नसके हालसम्म भएका राजनीतिक परिवर्तनलाई संस्थागत गर्न नसकिने भन्दै ०४६ सालपछिका प्रधानमन्त्री, मन्त्री र सांसदहरुको सम्पति विवरणको अध्ययन, अनुसन्धान गर्नुपर्ने बताउनुभएको हो । देशमा भ्रष्टाचार बढको भन्दै उहाँले अनियमितालाई शुन्य सहनशिलतामा झार्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो – ‘देशबाट जबसम्म भ्रष्टाचार निर्मुग गर्न सक्दैनौँ । अनियमितता निर्मुल गर्न सक्दैनौँ । ढिलासुस्तीलाई निर्मुल गर्न सक्दैनौँ । हाम्रो देशमा प्राप्त परिवर्तनलाई हामीले संस्थागत गर्न सक्दैनौँ । यसमा विशेष गरेर हिजोदेखि कम्तिमा ०४६ देखि यतातिरको सबै सरकारको मन्त्री, प्रधानमन्त्री, सांसद सबैको हिसाब लेखाजोखा गर्यौँ भने कहाँ छ भन्नेकुरा स्पष्ट हुन्छ होला जस्तो लाग्छ । हाम्रो पुख्र्यौली सम्पति, हामीले प्राप्त गरेको अहिलेका विभिन्न प्रकारका साधन, स्रोतहरु, त्यसका उत्पादनका साधन स्रोतहरु त्यसपछि हाम्रा छोराछोरीहरुले पढ्ने गरेका स्कुलहरु, हाम्रा बसाइ, उठाइहरुलाई हे¥यौँ भने हामी देशका लागि, समाजका लागि, परिवर्तनका लागि कि आफ्ना लागि भन्नेकुरा एकपटक जनताले खोजिराखेका छन् । यसमा अहिले सरकारले गम्भिर ढंगले अध्ययन अनुसन्धान गर्नुपर्छ । र त्यसका बारेमा हामी शुन्य सहनशिलतामा कसरी अनियमिततालाई झार्न सक्छौँ, त्यतातिर पहल गर्नुपर्छ ।’

उहाँले भुमि सम्बन्धी समस्या समाधान आयोगमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले केवल आफ्नो मानिसहरुलाई मात्रै भर्तिकेन्द्र बनाएकोले विघटन गर्नुपरेको बताउनुभयो । उहाँले वर्तमान सरकारले सर्वस्वीकार्य आयोग बनाएर भुमिहिनहरुको समस्या गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘फेरी एउटा सर्वसम्मत्, सर्वस्वीकार्य आयोग बनाएर भुमिहिन किसानहरुका समस्याहरुलाई हल गर्नका लागि नेपाल सरकारले पहल गर्नुपर्छ । जोड गर्नुपर्छ । त्यो आयोगका विषयमा सरकारले विशेष जोड गर्नेछ । पहल गर्नेछ निर्माण गर्नका लागि ।’

उहाँले शान्ति प्रक्रियाका कामहरु बाँकी नै रहेको भन्दै सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगलाई क्रियाशिल बनाएर समस्याको हल गर्नुपर्ने जरुरी रहेको पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...