HomeFeatureअसाधारण जनमतका साथ फेरि प्रधानमन्त्री हुन्छु: केपी ओली

असाधारण जनमतका साथ फेरि प्रधानमन्त्री हुन्छु: केपी ओली

काठमाडौं, 10 अगस्त, 2021

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफू फेरि असाधारण जनमतका साथ प्रधानमन्त्री हुने दावी गर्नु भएको छ । आफूलाई अघिल्लो पटक र अहिले पनि जालझेल, षडयन्त्र, तिकडम, अपवित्र गठबन्धनबाट हटाएको उल्लेख गर्दै निवर्तमान प्रधानमन्त्री ओलीले फेरी असाधारण शक्तिका साथ मूल ढोकाबाट शक्तिमा आउने बताउनु भएको हो । मंगलबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै

उहाँले भन्नु भयो, ‘मलाई त्यति बेला पनि जालझेल, षडयन्त्र, तिकडम, गठबन्धनबाट हटाएको हो । मैले त्यतिबेला भनेको थिए–म झ्यालबाट होइन्, जस्केलाबाट होइन, सिँढीबाट होइन्, भेन्टिलेशनबाट होइन, म मूलढोकाबाट, मूलगेटबाट आउनेछु । फेरी पनि सुनि राख्नु भए हुन्छ, असाधारण जनमतका साथ फेरी पनि मूलबाटो, मूलगेट, मूलढोकाबाट फेरी पनि प्रवेश गरिनेछ ।’

अध्यक्ष ओलीले आफूलाई कामै गरेर जनताले प्रधानमन्त्री बनाएको पनि बताउनु भयो । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा जाली मुद्धा जितेर प्रधानमन्त्री भएको दावी समेत गर्नु भयो । अध्यक्ष ओलीले सरकारको सय दिन केही पनि काम नगरी खेर गएको बताउनु भयो । स्वार्थहरुको गठजोडबाट बनेको सरकारले मुलुकको विकासको अभियानलाई अघि बढाउनै नसक्ने उहाँको तर्क थियो ।अध्यक्ष ओलीले सरकारको साझा न्यूनतम कार्यक्रममा एमसीसीबारे किन उल्लेख नगरेको भनेर प्रधानमन्त्री देउवालाई प्रश्न गर्नु भयो । एमसीसीबारे के गर्नु हुन्छ ? सरकारको साझा न्यूनतम कार्यक्रमा समावेश गर्न बिर्सिएको हो ? उहाँले प्रधानमन्त्री देउवालाई सोध्नु भएको थियो । अध्यक्ष ओलीले एमसीसीबारे सरकार चुप लागेर बस्न नमिल्ने पनि बताउनु भयो । उहाँले आफ्नै पार्टीका नेताहरु मन्त्रीका लागि कुदेको उल्लेख गर्दै मन्त्री बनाईदिन प्रधानमन्त्री देउवालाई आग्रह समेत गर्नु भयो ।

उहाँले भन्नु भयो, ‘मेरै पार्टीका केही नेताहरु पाउँला र खाउँला भनेर यहाँको पछि कुँदेका छन । तिनीहरुलाई मन्त्री दिनुहोस् । बिहान बेलुकै चाकरीमा हाजिर भएका छन । मन्त्री दिनुहोस् प्लिज । मेरो दलमा अलिकति घाटा भएपनि सहुँला ।’

ओलीले आफू नेतृत्वको सरकारले कोरोनाविरुद्धको खोप थुपारेको दावी गर्दै छिटो वितरण गर्न सरकारलाई दवाव समेत दिनु भयो । ‘चैत्रसम्म किन पर्खनु हुन्छ ?लगभग एक करोड स्टकमा छ । लगाउनुस् न छिटोछिटो ।’ उहाँको भनाई थियो । अध्यक्ष ओलीले फागुनमा स्थानीय तहको निर्वाचन रोक्नका लागि चैत्रसम्ममा मात्रै सबै नागरिकलाई खोप उपलब्ध गराउने हो भनेर सरकारले भनेको आरोप समेत लगाउनु भयो ।

अध्यक्ष ओलीले प्रतिपक्षलाई गाली गरेर नबस्न पनि सरकारलाई चेतावनी दिनु भयो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति संकेत गर्दै

उहाँले भन्नु भयो, ‘लक्षण राम्रो छैन । हौसिएर म आगो हुँ, नखेल भनिएको छ । म सम्झन्छु , उहाँले बिगतमा डढेलो लगाएको । त्यसलाई निभाउन पानी खन्याउनु पर्दछ भन्ने म जान्दछु ।’ अध्यक्ष ओलीले धम्की दिन छाडेर काम गर्न सरकारलाई पटक पटक आग्रह गर्नुभयो ।

अध्यक्ष ओलीले तत्कालीन माओवादीको जनसेनाको अस्थायी शिविरमा भएको भ्रष्टाचारको छानवीन गर्न सरकारसँग माग गर्नु भयो । भ्रष्टाचारीलाई कारबाही गर्ने सरकारको नीति आएको उल्लेख गर्दै

उहाँले भन्नु भयो, ‘छानवीन गर्ने र कारबाही गर्ने कुरा राम्रो हो । क्यान्टोमेन्टको यत्रो कुरा उठेको छ । यो गठबन्धन सरकारले यस कुराको छानवीन गरेर नेपाली जनतालाई जवाफ दिनेछ ।’

ओलीले आफू प्रधानमन्त्रीबाट हटेकोमा चिन्ता नभएको पनि बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...