HomeFeatureनेपाल राष्ट्र बैंकद्धारा मौद्रिक नीति सार्वजनिक

नेपाल राष्ट्र बैंकद्धारा मौद्रिक नीति सार्वजनिक

काठमाडौं, 13 अगस्त 2021

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८÷७९ को मौद्रिक नीति सार्वजनिक गरेको छ । कोभिड १९ प्रभावित उद्योग व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरिएको हो । कोभिडले अर्थतन्त्रमा पारेका नकारात्मक असरलाई न्यूनीकरण हुने गरी यस अघि नै लागू गरिएको पुनरुत्थान कर्जालाई निरन्तरता दिने गरी मौद्रिक नीति ल्याइएको गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिनु भयो । कोभिडले समस्यामा परेका सार्वजनिक यातायातको मर्मत सम्हारका लागि थप २ लाखसम्मको ऋण दिने व्यवस्था गरिएको छ ।

कोभिड १९ बाट अति प्रभावित सार्वजनिक यातायात संचालन, मर्मत सम्हारका लागि बैंक तथा वित्तिय संस्थाले प्रति सवारी साधन २ लाखसम्म थप कर्जा प्रवाह गर्ने व्यवस्था गरिनेछ । कोभिड १९ महामारीबाट अति प्रभावित क्षेत्र मध्ये रेष्टुरेन्ट, पार्टी प्यालेस, सार्वजनिक यातायात, शिक्षण संस्था, मनोरञ्जन व्यवसायका ऋणीले २०७८ साल पुस मसान्तसम्म भुक्तान गर्नुपर्ने साँवा तथा व्याजको अवधि एक वर्ष थप गरी कम्तीमा चार किस्तामा भुक्तान गर्न सक्ने व्यवस्था गरिनेछ ।’ नीतिमा भनिएको छ।

गभर्नर अधिकारीले कोभिडविरुद्धको खोप उत्पादन गर्ने उद्योग स्थापनाका लागि बैंक तथा वित्तिय संस्थाहरुबाट कर्जा उपलब्ध गराउने व्यवस्था पनि गरिएको बताउनु भयो । त्यसै गरी मौद्रिक नीतिमा कोभिडको असरका कारण लघु, घरेलु, साना तथा मझौंला व्यवसायीले व्यवसाय परिवर्तन गर्न चाहेमा ऋण उपलब्धतामा सहजीकरण गर्न नीतिगत व्यवस्था गर्न सकिने व्यवस्था पनि मिलाउने उल्लेख गरिएको छ ।अस्पताल नभएका स्थानीय तहमा सय बेडसम्मका अस्पताल स्थापना गर्नका लागि बैक तथा वित्तिय संस्थाहरुबाट कर्जा प्रवाहको व्यवस्था मिलाउने, स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगहरु स्थापना तथा संचालन वित्तिय स्रोत उपलब्ध गराउन सहजीकरण गर्ने व्यवस्था पनि मौद्रिक नीतिमा गरिएको छ । गभर्नर अधिकारीले नेपाली श्रमिकले पठाउने रेमिट्यान्स रकम बैक तथा वित्तिय संस्थामा जम्मा गरेमा एक प्रतिशत ब्याज थप दिने व्यवस्था गरिएको बताउनु भयो ।सबै स्थानीय तहमा कृषि, लघु तथा घरेलु उद्योग स्थापनाका लागि कर्जा प्रवाहमा सहजीकरण हुने गरी हेल्प डेस्कको स्थापना गर्ने कुरालाई पनि नीतिमा समावेश गरिएको छ । गभर्नर अधिकारीले सबै स्थानीय तहका कर्जा प्रवाहको कामलाई प्रोत्साहित गर्न कृषि, लघु तथा घरेलु उद्योग कर्जा प्रवाहका लागि छुट्टै डेस्कको व्यवस्था गर्न लागिएको बताउनुभयो।मौद्रिक नीतिमा राष्ट्रिय वाणिज्य बैंकको सख्या घटाउने योजना अघि सारिएको छ । त्यसैगरी बैंकहरुलाई तोकिएको क्षेत्रमा तोकिएको दरमा कर्जा प्रवाह गर्न थप एक वर्ष समयको व्यवस्था गरिएको पनि नेपाल राष्ट्र बैंकले जनाएको छ । सेयर धितो कर्जाको पनि सीमा तोकिएको छ । गभर्नर अधिकारीले एक व्यक्ति वा कम्पनीले एउटा बैंकबाट बढि ४ करोड कर्जा लिन पाउने व्यवस्था गरिएको बताउनु भयो । ब्याजदर करिडोरलाई पुन कार्यान्वयनमा ल्याउने योजना अघि सारिएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...