HomeFeatureकेपी ओलीका कारण पार्टी खोल्नु बाध्य: नेपाल

केपी ओलीका कारण पार्टी खोल्नु बाध्य: नेपाल

काठमाडौं, 24 अगस्त, 2021

प्रस्तावित नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टीमा ढोका बन्द गरिदिएपछि बाध्य भएर नयाँ पार्टी खोल्नु परेको बताउनुभएको छ । अध्यक्ष नेपालले मंगलवार चन्द्रागिरीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गरेको र आफुहरुलाई पार्टीबाट निष्काशन गरेका कारण बाध्य भएर नयाँ पार्टी खोल्नुपरेको बताउनुभएको हो । आफु लगायतका १४ सांसदलाई पार्टीबाट निष्काशन गरेपछि आफुहरु सँग नयाँ पार्टी दर्ता गर्नुको विकल्प नरहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘अब केपी ओलीले एकलौटी पार्टी कब्जा गर्ने स्थिति बनिसकेपछि, त्यहाँ जाने ढोका बन्द भइसकेपछि, त्यसमा पनि १४ जना सांसदलाई पुरै पार्टीबाट निष्काशन गरिसकेपछि, हामीलाई पनि पार्टीबाट पुरै निष्काशन गरिसकेपछि हाम्रो सामु अरु कुनै विकल्प बाँकी रहेन । निष्काशित भइसकेपछि हामीले कि त घुँडा टेक्नुपथ्र्यो, चुप लागेर सडकमा बस्नुपथ्र्यो, कि त हामीले अर्को क्रान्तिकारी पार्टी निर्माण गरेर हाम्रो नेपाली राजनीतिको, कम्युनिष्ट आन्दोलनको इतिहासमा विद्रोहीहरुले नै सफलता हासिल गरेको विगतको इतिहास, दक्षिणपन्थी अवसरवाद पराजित गरिएको त्यो इतिहासलाई हामीले साक्षि राखेर नयाँ कदम चाल्ने काम गरेका छौँ । र नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) नामको पार्टी दर्ता गरेका छौँ ।

अध्यक्ष नेपालले आफुहरुसँग एमाले विभाजनका लागि आवश्यक २० प्रतिशत संख्या भन्दाबढी केन्द्रीय कमिटी र संसद दुवैतिर पुग्ने दाबी पनि गर्नुभयो । उहाँले एमाले एकिकृत बनाउन भन्दै वार्तामा जुटेका र वार्तामा नजुटि भुमिका खेलेका नेताहरुसँग पनि एकतावद्ध भएर जाने कोसिस गरिरहेको उल्लेख गर्नुभयो । केपी ओली र आफुहरुको कित्ता छुट्टीएको उल्लेख गर्दै उहाँले आगामी दिनमा अन्य वामपन्थी पार्टीहरुसँग चुनावी तालमेल गर्न तयार रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘चाहे वार्तामा जुट्नुभएका कमरेडहरु हुनुहोस् । चाहे वार्तामा नजुटेर पनि भुमिका खेल्नुभएका कमरेडहरु हुनुहोस् । सबै मिलेर हामी एकतावद्ध भएर जाने कोसिसमा छौँ । अब केपीको कित्ता एकातिर भएको छ र अर्को क्रान्तिकारी कित्ता अर्कोतिर भएको छ । कम्युनिष्ट पार्टीको पुर्नगठनको नयाँ अभियान सुरु भएको छ । यो पुर्नगठित कम्युनिष्ट पार्टीले अब अरु वामपन्थी पार्टीहरुसँग भोली चुनावी तालमेल पनि गर्नेछ र अरु लोकतन्त्रको रक्षाको लागि, संविधान, राष्ट्रियता, संघीयताको रक्षाका लागि, समाजवादको दिशामा अघि बढ्नका लागि सोच र मान्यताका साथ हामी अगाडी बढेका छौँ ।

अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीको विचार र धारणामा परिवर्तन आएमा पार्टी गठन गर्ने बित्तिकै ओलीसँग पनि एकताको निम्ति तयार रहेको बताउनुभयो । उहाँले आफुहरुलाई पार्टी गठन गर्न नदिएर घर न घाटको बनाउने षडयन्त्र भएको भन्दै षडयन्त्रलाई चिरेर पार्टी निर्माण गर्ने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘भोलिपनि कम्युनिष्ट पार्टीलाई एकतावद्ध बनाउने, स्वयम् नेकपा(एमाले) को केपी ओलीको जुन समूहमा पनि विचारको परिवर्तन भयो भने, धारणामा परिवर्तन भयो भने ढोका सधैँ खुल्ला छ । हामीले पार्टी गठन गर्ने बित्तिकै पनि एकताको निम्ति हामी तयार हुन्छौँ । तर यो गठन गर्नै नदिइकन हामीलाई अलपत्र पार्ने षडयन्त्र भइरहेको छ । हामीलाई घर न घाटको बनाउने षडयन्त्र भइराछ । न यता जान दिने न उता जान दिने । न केपी ओलीको गतिविधिलाई अन्त्य गर्ने, रोक्ने, केहीपनि नगर्ने अनि त्यसपछि यो मौका समाप्त गर्दिने । अनि हामीलाई सबै किसिमको आन्दोलनबाट बञ्चित पार्ने खालको षडयन्त्रलाई हामि चिर्छौ । र चिरेर एकताको अभियानलाई निरन्तरता दिदैँ जानेछौँ । कम्युनिष्ट आन्दोलनलाई पुर्नगठित गर्ने, एकतावद्ध बनाउने यो अभियान जारी रहनेछ ।

उहाँले बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य आफुसँग सल्लाह गरेर नै मुख्यमन्त्री बनेको बताउनुभयो । आफ्नो सल्लाहमा मुख्यमन्त्री बनेको भएपनि नयाँ पार्टी गठन पछाडी प्रदेश र स्थानीय तहको जनप्रतिनिधिले २१ दिनभित्र राजनीतिक पार्टी रोज्न पाउने कुरा उल्लेख गर्दै उहाँले शाक्यले कुन पार्टी रोज्नुहुन्छ सोही आधारमा बागमती प्रदेश सरकारलाई आफुहरुले कसरी हेर्ने भन्ने तय हुने बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘अष्टलक्ष्मी कमरेडको बारेमा मेरो सल्लाहले नै उहाँ हुनुभएको हो । मेरो सहमती लिनुभएकै हो । तर उहाँपनि अप्ठ्यारोमा हुनुहुन्छ । अहिले त हुनुभयो, जब पार्टी अलग बनिसकेपछि एउटा पार्टी रोज्नुपर्ने अवस्था बन्छ । अब उहाँमाथि भरपर्ने कुरा हो । म धेरै अहिले भन्न चाहान्न । अब त्यो नयाँ पार्टी बनिसकेपछि २१ दिन भित्रमा कुन पार्टी रोज्ने भन्ने हुन्छ । त्यो समयभित्र उहाँ कता रोज्नुहुन्छ त्यसको आधारमा अनि त्यो सरकारलाई हामीले कसरी हेर्ने भन्ने तय हुनेछ । अहिले मेरै सहमती बाट नै, मेरो अनुमति बाट नै पनि उहाँ जानुभएको हो ।

नेपालमा समाजवादी केन्द्र बनाउने बहसका विच पार्टीको नाम समाजवादी राखेको विषयमा सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिदैँ अध्यक्ष नेपालले आफुहरुले कम्युनिष्ट पार्टी नत्याग्ने स्पष्ट पार्नुभयो । नेपाल कम्युनिष्ट पार्टीको नामलाई त्याग्ने कसैसँग पनि एकता सम्भव नभएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...