HomeFeatureनेकपा एमालेको निर्वाचन आयोगलाई दबाव

नेकपा एमालेको निर्वाचन आयोगलाई दबाव

काठमाडौं, 24 अगस्त, 2021

नेकपा एमालेले पार्टीको ह्वीप उल्लंघन गरेका माधव नेपालसहितका १४ जना सांसदको नाम समावेश गरेर ल्याइएको सनाखत नबुझ्न निर्वाचन आयोगलाई दबाव दिएको छ ।अग्नि खरेलसहितका एमाले नेताहरुले मंगलबार निर्वाचनमा आयोगमा पुगेर पार्टीले कारबाही गरेका सांसदको नाम समावेश गरेर ल्याइएको सनाखतले लोकतन्त्रलाई कमजोर बनाउने भन्दै ह्वीप उल्लंघन गरेका सांसदको नाम समावेश गरेर ल्याइएको सनाखत नबुझ्न आयोगलाई दबाव दिएका हुन् । न्यूज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा नेकपा एमालेका निर्वाचन विभाग प्रमुख खरेलले सनाखतको प्रक्रियामा नेकपा एमालेलाई समावेश गर्न जरुरी रहेको बताउनुभयो । नेकपा एमाले दल फुटाउनको निम्ति अध्यादेश ल्याएको भन्दै विभाग प्रमुख खरेलले मूल दल (एमाले)लाई रोबरमा राखेर काम गर्न सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, “हामीले निर्वाचन आयोगलाई भनेका छौँ, १४ जना ह्वीप उल्लंघन गर्ने व्यक्तिहरु र पार्टीको निर्देशन लागू गरेर ह्वीप उल्लंघन गरेका छन्, तिनीहरुलाई कारबाही गरिएको छ, तिनीहरुलाई कारबाही गरिनुपर्छ भनेका छौँ, र तिनीहरुको नामलाई पनि समावेश नगरियोस्, तिनीहरुलाई नाम समावेश गरेर उनीहरुलाई सनाखत गराउने प्रक्रियामा समावेश नगराइयोस्, यो कुराले मुलुकको लोकतन्त्रलाई बलियो बनाउँछ, लोकतन्त्र बलियो बनाउने काममा नै निर्वाचन आयोग लाग्छ भन्ने हामीलाई विश्वास छ भनेर हाम्रो कुरा राखेका छौँ, चौथो कुरा सनाखतको प्रक्रियामा नेकपा एमालेलाई पनि समावेश गर्न जरुरी हुन्छ, नेकपा एमाले दल फुटाउनको उद्देश्यले जब निवेदन आउँछ भने जुन मुल दल हो, त्यसलाई फुटाउनका लागि आएका मान्छे त्यसका सदस्य हुन् कि होइनन् ?संसदीय दलका ती सदस्य हुन् कि होइनन् ? पार्टीका केन्द्रीय समितिका सदस्य हुन् कि होइनन् ? भन्ने कुरो त्यो दललाई रोबरमा त राख्नुपर्यो नि त, त्यो दल त प्रतिनिधि रोबरमा त राख्नुपर्यो नि त, त्यो कुरा हामीले उहाँहरुलाई रिक्वेस्ट गरेका छौँ, उहाँहरुले त्यो कुरामा हामी टुंगो लगाउँछौँ पछिल्लो कुरामा भन्नुभएको छ, केही कुराहरु उहाँहरु आफैँ स्पष्ट हुनुहुन्छ, ती कुराहरु निर्वाचन आयोगलाई प्रष्ट गर्नको निम्ति आज हामी निर्वाचन आयोग गएका हौँ ।

त्यसैगरी निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सनाखत गर्दा केन्द्रीय समितिका सदस्यहरुले नागरिकताको प्रमाणपत्र, मतदाता परिचय पत्र ल्याउनुपर्ने बताउनुभयो । उहाँले संघीय संसदका सदस्यहरुको हकमा भने संघीय संसदबाट जारी गरिएको परिचय पत्र लिएर उपस्थित हुनुपर्ने प्रावधान रहेको बताउनुभयो । प्रवक्ता श्रेष्ठले निवेदनमा दर्ता भएका नामका व्यक्तिहरुलाई स्वयं उपस्थित भएर सनाखत गर्नुपर्ने र भारतमा उपचाररत नेता झलनाथ खनालको विषयलाई भने आयोगले आफ्नो विवेकले निस्कर्ष निकाल्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “केन्द्रीय समितिका सदस्यहरुले नागरिकताका प्रमाणपत्र वा मतदाता परिचय पत्र लिएर स्वयं नै उपस्थित हुनुपर्नेछ, त्यस्तै संघीय संसदका सदस्यहरुले संघीय संसदबाट जार गरिएको परिचय पत्र लिएर आउनुपर्नेछ, यो नै हामीले चिन्ने आधिकारिक कागजात हो, सनाखत गर्नका लागि आयोगबाट तोकिएको कर्मचारीको उपस्थितीमा सनाखत हुने विगतमा पनि अभ्यास छ र अहिले पनि त्यही नै हुन्छ, निवेदनमा संलग्न सबै व्यक्तिहरुलाई स्वयं उपस्थित भएर सनाखत गर्नका निम्ति जानकारी गराइसकिएको छ, तर मान्य झलनाथ खनालको सन्दर्भमा निर्वाचन आयोगले छलफल गरेर निक्र्योल गर्ने नै छ ।

निर्वाचन आयोगले दल दर्ता गर्नका लागि निवेदन दिएका नेकपा (एकीकृत समाजवादी)लाई बुधबार बिहान साढे ११ बजेदेखि २ बजेसम्मको समय दिएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...