HomeFeatureसरकारलाई सघाउनका लागि राजिनामा : साउद

सरकारलाई सघाउनका लागि राजिनामा : साउद

काठमाण्डौ, 24 अगस्त 2021

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पदबाट राजीनामा दिनुभएको छ । बुक बिल्डिङ’ प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको सेयर आफ्नी श्रीमतीको नाममा खरिद गरेपछि विवादमा तानिएका प्रमुख कार्यकारी अधिकृत साउदले मंगलवार पदबाट राजिनामा दिनुभएको हो । पदबाट राजिनामा दिएसँगै पत्रकार सम्मेलनमा बोल्दै उहाँले आफुले विद्यमान नियमकानून अनुरुप नै सेयर खरिद गरेको बताउनुभयो । अन्तर्राष्ट्रिय कानूनलाई परिभाषित गर्दै आफुलाई दोषारोपण गरिएको भन्दै उहाँले सरकारले छानविन समिति समेत बनाएको सन्दर्भमा सरकारलाई सघाउनका लागि आफुले राजिनामा दिएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो – ‘हामीहरुसँग भएको कर्मचारी नियमावली र म सञ्चाकल पनि भएको नाताले नेपाल स्टक एक्सचेन्जको सञ्चालकको आचारसंहिता अन्र्तगत रेगुलेटेड सेकेण्डरी मार्केटको सेयर मात्रै हामीले किन्न नमिल्ने हो । बाँकी बि रेगुलेटेड सबै कम्पनीको सेयर मिल्ने हामीकहाँ विद्यमान नियमकानून छ । र त्यो नियमकानून अन्र्तगत मैले सेयर किनेको थिएँ । अहिले वास्तवमा के जोडियो भनेमैले बुझेको के भने ल अफ द ल्याण्ड हाम्रो देशको जे नियम कानून छ त्यो नियम कानून हामीले मान्नुपर्ने हुन्छ । तर अहिले बजारमा हल्ला के आयो भने अन्तर्राष्ट्रिय नियम कानूनलाई परिभाषित गर्दै यिनीहरुले कार्टेलिङ गरे भन्याजस्ता किसिमका कुराहरु आए । र हामीकहाँ के हुन्छ भने दोस्रो बजारमा प्लेटफर्म उपलब्ध गराउने काम नेपाल स्टक एक्सचेन्जको हो । र त्यो कम्पनीको मूल्य निर्धारण गर्नेत्यसका लागि प्रारम्भिक बजारमा चाहीँ आइपिओ निष्काशन गर्नेनियम कानून बनाउने संस्था यो होईन । यो चाहीँ कार्यान्वयन गर्ने संस्था हो । नियमन गर्ने संस्था होईन । तर हाम्रो बुझाई के भयो भने बजारमा नेप्सेपनि नियामक जस्तै संस्था भएको हुनाले त्यहाँको नियामक प्रमुख पनि यसैमा आवद्ध भएको भन्ने किसिमका विभिन्न समाचार माध्यममा आए कुराहरु त्यो कारणले मैले आफ्नो नैतिकतालाई आधार मानेर राजिनामा दिएको । नेपाल सरकारले छानविन कमिटी बनाएर अर्थ मन्त्रालयमा तयार गरेको परिस्थितिमा नेपाल सरकारलाई सहयोग गर्ने उद्देश्यले मैले आजैको मितिदेखि लागू हुनेगरी राजिनामा पत्र बुझाएको छु । उहाँले आफ्नो कार्यकालमा नेपालको लगानीकर्ता र नेपालको पुँजिबजारको विकास र विस्तारका लागि गर्नुपर्ने हरदम  कोसिस गरेको बताउनुभयो । दैनिक रुपमा डेढ अर्बको कारोबार हुने बजार आज २१ औँ अर्बको कारोबार हुनसक्ने अवस्थामा पु¥याएको उहाँको दाबी छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...