काठमाण्डौ, 24 अगस्त 2021
पछिल्लो २४ घण्टामा थप २,५२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १४ हजार ८१० जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा ९ हजार ९०९ जनाको पिसिआर र ४ हजार ९०१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। त्यस्तै, २ हजार ८६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। यसको संक्रमणबाट थप ३५ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ५६८ पुगेको छ। हाल सक्रिय संक्रमित ३८ हजार २५० सय छन्। यसैगरी हालसम्म निको हुनेको दर ९३.५ प्रतिशत रहेको छ।









































