HomeFeatureनेपालसहित नेता, कार्यकर्तालाई मूल घरमै फर्कन आह्वान

नेपालसहित नेता, कार्यकर्तालाई मूल घरमै फर्कन आह्वान

काठमाण्डौ, 24 अगस्त 2021

नेकपा एमालेले अलग्गै पार्टी दर्ता गर्न लागेका माधव नेपालसहितका नेता, कार्यकर्तालाई मूल घरमै फर्कन आह्वान गरेको छ । पार्टी एकताको पक्षमा उभिएका नेताहरुसहित मंगलबार बसेको पार्टी स्थायी समिति बैठकले विशेष प्रस्ताव पारित गर्दै अलग्गै पार्टी दर्ताका लागि क्रियाशील भएका नेता, कार्यकर्ताहरुलाई पार्टीको मूल घरमै फर्कन आह्वान गरेको हो । छुट्टै दल दर्ता प्रक्रियाबाट अलग भई पार्टी एकताको पक्षमा योगदान गर्ने कमरेडहरुलाई पार्टीका हार्दिक स्वागत गरिने र उनीहरुमाथि कुनै पनि प्रकारणको भेवभाव वा पूर्वाग्रह नराखिने प्रस्ताव पनि स्थायी समिति बैठकले पारित गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनु भयो । उहाँले भन्नु भयो, ‘पार्टी एकतामा आवद्ध हुनुहोस्, आफनो मूल घरमा फर्कनुहोस् । विभाजनकारी गतिविधि र छुट्टै दल दर्ता प्रक्रियाबाट अगल भएर पार्टी एकतामा योगदान गर्ने कमरेडहरुलाई पार्टीमा हार्दिक स्वागत गरिनेछ । यस अघिको कुनै पनि क्रियाकलापलाई लिएर पूर्वाग्रह नराख्ने र भेदभाव वा कारबाही नगरिने पनि स्पष्ट पार्न चाहन्छौं । बैठकले १० बूदे सहमतिको कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ । त्यसका लागि पार्टीको केन्द्रिय कमिटीमा रहेर क्रियाशील हुने केन्द्रिय कमिटी, केन्द्रिय निकाय, प्रदेश समन्वय कमिटी र जिल्ला कमिटीलगायत सबै तहका पार्टी कमिटी र जनसंगठनका सबै तहका पदाधिकारी र सदस्यहरुलाई २०७५ साल जेठ २ गते पूर्वको जिम्मेवारीमा फर्कन निर्देशन समेत दिएको छ । प्रवक्ता ज्ञवालीले १० बूँदे प्रस्तावमा आधारित निर्णय कार्यान्वयन गर्ने सन्दर्भमा उत्पन्न हुन सक्ने समस्याहरु समाधान गर्न कार्यदल बनाइएको छ । कार्यदलमा ईश्वर पोखरेल, भीम रावल, विष्णु पौडेल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहनु भएको छ । एमालेले २०७५ साल जेठ २ गतेको सदस्यतालाई आधार मानेर पार्टीको सदस्यता नविकरण गराउने निर्णय पनि गरेको छ । एमालेले पार्टीको विधान महाधिवेशन असोज ४, ५ र ६ गते काठमाडौंमा गर्ने र पार्टीको दशौं महाधिवेशन मंसीर १०, ११ र १२ गते काठमाडौंमा आयोजना गर्ने निर्णय पनि गरेको छ । विधान महाधिवेशनमा प्रस्तुत गर्ने प्रस्तावहरुमाथि छलफल गर्न आगामी भदौ २५ र २६ गते पार्टी स्थायी समिति र २७ र २८ गते केन्द्रिय समिति बैठक बोलाउने निर्णय पनि गरिएको प्रवक्ता ज्ञवालीले बताउनु भयो । एमालेले पार्टी महाधिवेशनको तयारीका लागि कार्तिक ६ गते वडा अधिवेशन र कार्तिक ९ गते पालिका वा सो सरहको कमिटीको अधिवेशन सम्पन्न गर्ने पनि जानकारी गराएको छ । प्रवक्ता ज्ञवालीले पार्टी एकताको सन्देश दिने गरी देशभर आगामी भदौ १६–२० गतेसम्म केन्द्रिय प्रशिक्षकहरुको उपस्थितिमा सबै जिल्लामा जिल्ला कार्यकर्ता भेला र जनसंगठनहरुको केन्द्रिय कार्यकर्ता भेला आयोजना गर्ने बताउनु भयो । स्थायी समिति बैठकले आज गरेको निर्णय एमालेले भोली (९ गते) तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने निर्णय पनि गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरुको उपस्थितिमा पार्टीको निर्णय सार्वजनिक गरिने पनि एमालेले जानकारी गराएको हो । एमालेले स्थायी समितिको आजको बैठकको निर्णयलाई अनुमोदन गर्न यही भदौ १० गते केन्द्रिय कार्य समितिको बैठक पनि बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...