HomeFeatureविशेष पत्रकार सम्मेलनमा केपी ओली

विशेष पत्रकार सम्मेलनमा केपी ओली

काठमाडौँ, 25 अगस्त 2021

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘देश जोगाउनका लागि सरकारले अध्यादेश ल्याएको’ भन्ने सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको भनाईप्रति आपत्ति जनाउनु भएको छ । अध्यक्ष ओलीले अहिलेको सरकारले देश जोगाउनका लागि अध्यादेश ल्याएको भनेर अध्यक्ष दाहालले बिल्कलै झूट बोलेको दावी गर्दै देशका अगाडि बेइमानपूर्ण कुरा नगर्न पनि चेतावनी दिनु भयो । बुधबार मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा पत्रकार सम्मेलन गरी उहाँले पहिला आफूले जारी गरेको अध्यादेश र अहिले सरकारले जारी गरेको अध्यादेशको उद्देश्य र मनसायनै फरक रहेको दावी समेत गर्नु भयो । आफ्नो पार्टी फुटाउनका लागि ल्याएको अध्यादेशलाई देश जोगाउनका लागि भन्ने ? अध्यक्ष ओलीको प्रश्न थियो ।

उहाँले भन्नु भयो, ‘पहिले आफूले जारी गरेको अध्यादेश र अहिले जारी गरिएको अध्यादेशमा उद्देश्यमा, मनसायमा फरक छ । एकजना भित्रले भन्नु भयोपहिलेको र अहिलको उस्तै हो भनेरकोही नअलमलिनु होला भनेर । पहिलेको र अहिलको अध्यादेश उसै प्रयोजनका लागि उस्तै प्रयोजन, उस्तै मनसाय, उस्तै संवैधानिक प्रश्न होइन । कानुनी हिसावमा उस्तै होइन् यो फरक छ । तर उहाँले साफ झुट बोल्नु भो, देशका अगाडि बेईमानीपुर्ण कुरा गर्नु भयो । उहाँले चाँही देशका लागि । नेकपा एमाले पार्टी फुटाउन लागेको देशका लागि ? सत्ताले यस्तो, सरकारले राजनीतिक पार्टी भित्र बदनियतका साथ हात हालेर अनुचित ढंगले कानुन निर्माण गरेर, अनुचित बाटोबाट कानुन निर्माण गरेर प्रतिपक्ष पार्टी फुटाउने कार्य अनैतिक कार्य हो, यो नैतिक कार्य होईन । यो बिलकुलै अनैतिक कार्य हो । त्यसकारण यस्तो अनुचित कार्य उचित होइन । देश जोगाउनका लागि अध्यादेश । यो अध्यादेश नआएको भने देश के हुन्थ्यो ? एमाले फुटाउन नपाएको भए देश के हुन्थ्यो ? बिलाउथ्यो । यो के घाममा राखेको बरफको डल्लो हो ? कर्कलाको पातमा राखिएको पानी हो यो देश खर्तक्क झर्ने, कहाँ खस्योखस्यो थाहा नपाउने ? देश जोगाउनका लागि अध्यादेश भन्ने कुराको पनि हद हुन्छ नि । देश जोगाउनका लागि यो अध्यादेश । यो बितण्डा, असंवैधानिक क्रियाकलाप, यो अनैतिक कार्य नहुँदा देश जोगिदैन ? यो विल्कुल गलत परिभाषा हो, गलत व्याख्या हो । यस्ता गलत ब्याख्यामा हामी कोही पनि पर्नु हुँदैन भन्न चाहन्छु ।

अध्यक्ष ओलीले वर्तमान सरकारले कामै नगर्ने दावी समेत गर्नु भयो । आफू नेतृत्वको सरकारलाई कामै गर्न नदिएको दावी गर्दै उहाँले वर्तमान सरकार आफैले विकास निर्माणको काम ठप्प पारेको बताउनु भयो  । अध्यक्ष ओलीले दीर्घकालीन खालका आयोजनाहरुको काम अघि नबढाउन सरकारले परिपत्र गरेको उल्लेख गर्दै आक्रोश समेत व्यक्त गर्नु भयो । उहाँले मेलम्ची खानेपानीको आयोजना आगामी बैशाख भित्र काठमाडौं ल्याउने कुरा गरेपनि सरकारले सोही अनुसारको काम अघि बढाउन नसकेको पनि स्पष्ट पार्नु भयो ।

अध्यक्ष ओलीले भन्नु भयो, ‘हिजो सरकारलाई काम गर्न दिईएन । काम गर्न पाएन धेरै । अहिलेको सरकार कामै गर्दैन । नकाम मात्रै गर्छ । भत्काउने काम गर्छ, बिगार्ने काम गर्छ । दिर्घकालीन आयोजनाहरु रोक्नु भनेर सरकारले परिपत्र गरेको छ । पुनर्निर्माण प्राधिकरणले काम गर्दै थियो । त्यसका ईन्जिनियरहरुलाई तलवको समेत व्यवस्था गरिएको छैन । पुनर्निर्माणको काम जहाँ पुगेकोछ, त्यही ठप्प छ । विकास, निर्माणको काम ठप्प भएको छ । जुन कामको ठेक्का लागेको थियो, ती कामहरु मात्रै चालु छन । अरु नयाँ कामहरु हुनेवाला छैन । ठेक्का लाग्ने वाला पनि छैन । मेलम्चीको पानी बैशाखसम्म काठमाडौं आउने भनिएको छ । तर त्यो पानी पनि आउने वाला छैन । किनभने गफले पानी आउँदैन, कामले पानी आउने हो ।

अध्यक्ष ओलीले माधव नेपालसहितका पार्टीले निश्कासन गरेका १४ जना सांसदहरुलाई कारबाही गरेको सूचना जारी नगरेको भन्दै सभामुख अग्नीप्रसाद सापकोटाको चर्को आलोचना गर्नु भयो । उहाँले पार्टीले निश्कासन गरेका आफ्ना सांसदहरुको मुद्दा विचाराधिन छ भनेर सभामुख सापकोटाले राजनीतिलाई गिजोल्ने काम गरेको भन्दै आक्रोश व्यक्त गर्नु भयो । सभामुख सापकोटाले पक्षधरताको राजनीतिमा हात हाल्ने काम गरेको अध्यक्ष ओलीको दावी छ ।

उहाँले सभामुख सापकोटाका पछिल्ला गतिविधि खेदजनक रहेको औंल्याउँदै भन्नु भयो, ‘निर्वाचन आयोगलाई संसद सचिवालयले गत १ गते एमालेबाट १४ जना सांसदलाई निस्काशन गरिएको पत्र आएको  र त्यो विचारधिन रहेको बताएको छ । कारबाही गरिएका व्यक्तिहरुले लिष्ट समेत निर्वाचन आयोगमा पठाउँछ । त्यो भन्दा बेईमानी के हुन्छ ? सभामुखले पक्षधरताका साथ राजनीतिमा हात हाल्ने, गिजोल्ने काम यो भन्दा बढि के हुन्छ ? यो अत्यन्तै दुःखद् कुरो हो । म यसमा खेद व्यक्त गर्न चाहन्छु ।

अध्यक्ष ओलीले माधव नेपाललाई पार्टी फुटाउन सहज बनाउनका लागि सरकारले कानुन बनाउने काम गरेको भन्दै आक्रोश व्यक्त गर्नु भयो । उहाँले लोकतन्त्रका लागि लडेका प्रधानमन्त्री शेरबहादुर देउवाले एउटा व्यक्तिका लागि कानुन बनाउने जस्तो काम गरेकोमा आफू आश्चर्य चकित भएको टिप्पणी समेत गर्नु भयो । अध्यक्ष ओलीले भन्नु भयो, ‘एउटा व्यक्तिलाई सजिलो बनाउनका लागि कानुन निर्माण गर्दै जाने ? एउटा पार्टी फुटाएर प्रतिपक्षलाई कमजोर पार्न रातारात षडयन्त्रपूर्ण खेल खेल्न पाईदैन । जो अहिलेको सरकारले खेल्यो । शेरबहादुरजी प्रधानमन्त्री हुनुहुन्छ । उहाँ जस्तो लोकतान्त्रिक आन्दोलनमा लामो समय बिताएको मान्छेले लोकतान्त्रिक मूल्यमान्यता छाडेर जे काम गरिएको छ, त्यसप्रति म आश्चर्य चकित भएको छु ।

अध्यक्ष ओलीले देश र जनताका लागि आवश्यक पर्दा मात्रै अध्यादेश ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेपनि वर्तमान सरकारले त्यस विपरित काम गरेको पटक पटक दोहोर्याउनु भयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...