चितवन, 25 अगस्त 2021
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकलाई ठुलो दुर्घटना हुनबाट जोगाउन सत्तासाझेदारी गठबन्धन गरेको बताउनुभएको छ। प्रचण्डले वर्षौंदेखि संघर्षबाट आएको लोकतान्त्रिक संविधानको विरुद्ध षड्यन्त्र भएको भन्दै त्यसलाई जोगाउन सम्पूर्ण तागत लगाएको बताउनुभयो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई अँध्यारो सुरुङमा हाल्न खोजेको आरोप लगाउँदै त्यसका विरुद्ध आफूले सम्पूर्ण तागत लगाएको उहाँको भनाइ छ। एकपटक संसद विघटन गरेर षड्यन्त्र भएको बताउँदै गठबन्धन गरेर दुर्घटना हुनबाट जोगाएको प्रचण्डको भनाई छ। भरतपुर चितवनको महानगरपालिकाले निजी क्षेत्रको सहकार्यमा निमार्ण गर्न लागेको भरतपुर मेट्रो प्लाजाको शिलान्यास गर्दै अध्यक्ष दाहालले जनताको साथले प्रतिगमन परास्त गरेको बताउनुभयो। शसस्त्र संघर्ष गरेर हजारौंको बलिदानपछि पाएको संविधान, संघीय लोतान्त्रिक गणतन्त्र, समावेशिता, समानुपातिकता उल्टाउने देशलाई दुर्घटनामा लैजाने षड्यन्त्र भएको भन्दै नेपाली जनतालाई भूमरीमा पार्ने षड्यन्त्र हो भनेर आफू भित्रको सम्पूर्ण तागत लगाएर देशव्यापी अभियानमा लागेको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको बताउनुभएको छ । प्रचण्डले नेकपा एमालेसँग पार्टी एक हुँदा तत्कालीन प्रधानमन्त्री ओली आफूप्रति धेरै नकारात्मक भएको बताउनुभयो । उहाँले चालेको प्रतिगमनको बाटोलाई अदालतले पहिलो पटक संसद पूर्नस्थापना गरेर गलत भनेपछि पनि फेरि विघटन गरेर षड्यन्त्र गरेको बताउनुभयो।









































