काठमाण्डौं, 26 अगस्त 2021
नेकपा एमाले प्रदेश १ संसदीय दलको नेतामा भीम आचार्य सर्वसम्मत चयन हुनु भएको छ । मुख्यमन्त्री शेरधन राईको राजीनामा पछि आचार्यलाई दलको नेतामा सर्वसम्मत चयन गरिएको हो ।भीम आचार्यले आजै नयाँ मुख्यमन्त्रीको शपथ लिने तयारी गर्नु भएको छ। बिहीबार बसेको बहुमत सांसदको बैठकले राईलाई हटाएर आचार्यलाई दलको नेता चयन गरेको प्रदेश सांसद राजेन्द्र राइले जानकारी दिनु भयो। नेकपाका ६७ सांसदमध्ये ३७ जनाले राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए ।









































