काठमाण्डौ, 26 अगस्त 2021
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय समितिको बैठकले स्थायी कमिटीको गरेको १० बुँदे प्रस्तावलाई शीघ्र प्रभावकारी र व्यवस्थित ढंगले कार्यान्वयन गर्ने निर्णय गरेको छ । बिहीवार च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटीको बैठकले स्थायी कमिटीको गरेको १० बुँदे प्रस्तावलाई शीघ्र प्रभावकारी र व्यवस्थित ढंगले कार्यान्वयन गर्ने निर्णय गरेको हो । बैठकले पार्टी परित्याग गरेर अलग दल दर्ता गरेकाहरुलाई निष्काशन गर्दै पार्टीको अभिलेखबाट नाम हटाउने र निर्वाचन आयोगलाई पनि त्यो कुरा जानकारी दिने निर्णय गरेको छ । भुल महशुस गरेर सच्याउँदै पार्टी एकतामा फर्किन चाहनेहरुका लागि भने बैठकले ढोका खुल्लै राख्ने निर्णय गरेको पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । उहाँले निर्वाचन आयोगले दल दर्ता गराउँदा उपस्थित नभएका र पार्टीले कारबाही गरेकाहरुको पनि सनाखत गराउनु गम्भीर गल्ती भएको भन्दै त्यसको बिरोध गर्ने निर्णय भएको बताउनुभयो । प्रवक्ता ज्ञवालीले बैठकले नवनियुक्त प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यलाई बधाइ तथा सफल कार्यकालको शुभकामना दिएको जानकारी दिनुभयो । नेता ज्ञवालीले भन्नुभयो, “१० बुँदे प्रस्तावको शीघ्र प्रभावकारी र व्यवस्थित ढंगले कार्यान्वयन गर्ने निर्णय गरेको छ, बैठकले पार्टी परित्याग गरेर अलग दल दर्ता गरेकाहरुलाई निष्काशन गर्दै पार्टीको अभिलेखबाट उहाँहरुको नाम हटाउने र निर्वाचन आयोगलाई पनि त्यो कुरा जानकारी दिने निर्णय गरेको छ, तर कसैले भुल महशुस गरेर त्यसलाई सच्याउन चाहनुभयो, र पार्टी एकतामा फर्किन चाहनुभयो भने उहाँहरुको लागि ढोका खुल्लै राख्ने निर्णय भएको छ, निर्वाचन आयोगबाट केही ववादास्पद निर्णयहरु भएका छन्, पार्टीले कारबाही गरेर त्यसको सूचना दिइसकेका व्यक्तिहरुलाई समेत गढाना गरेर सनाखत गराउने अनुपस्थित भएका व्यक्तिहरुलाई पनि सनाखत गराउने लगायतका केही गलत कामहरु त्इहाँबाट भएका छन् , हामी यसको कानूनी प्रतिवाद गर्दछौँ, सभामुखले पार्टीको कारबाहीको सूचना टाँस नगरेर गम्भीर गल्ती गर्नुभएको छ, यसको पनि हामीले यथोचित कानून सम्मत संसदीय अभ्यास अनुसारको त्यसको बिरोध गर्दछौँ, यस सम्बन्धी हामीले निर्णय गरेका छौँ। यसपटक पार्टी विभाजन सम्बन्धी अध्यादेश सरकारले जारी गरिरहँदा संविधानले परिकल्पना नै नगरेको स्थानीय तहका पदाधिकारीहरुले समेत दल त्याग गर्नसक्ने २१ दिन भित्र नयाँ दलमा जान सक्ने अध्यादेशमा जुन व्यवस्था गरिएको छ, त्यो संविधानको मर्म विपरित् छ , त्यसको बारेमा हामी कानूनि उपचार खोज्छौँ , तर देशभरका सबै जनप्रतिनिधिहरुलाई पार्टिको पक्षमा दृढतापूर्वक उभिन कुनै पनि किसिमका विभाजनकारी गतिविभिहरुमा नलाग्न स्थानीय र प्रदेशका जनप्रतिनिधिहरुलाई गर्ने निर्णय गरेका छौँ, बैठकले भर्खरै नियुक्त हुनुभएका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यलाई बधाइ ज्ञापन गरेको छ । सफल कार्यकालको शुभकामना दिएको , प्रसिद्ध लोकप्रिय जनगायक नेपालको जनसाँस्कृतिक आन्दोलनका धरोहर जेबी टुहुरेको निधनप्रति शोक व्यक्त गर्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्ने निर्णय गरेको छ ।” प्रवक्ता ज्ञवालीले प्रसिद्ध लोकप्रिय जनगायक नेपालको जनसाँस्कृतिक आन्दोलनका धरोहर जेबी टुहुरेको निधनप्रति शोक व्यक्त गर्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्ने निर्णय गरेको समेत नेता ज्ञवालीले बताउनुभयो ।









































