HomeFeatureकांग्रेसलाई पहिलो पार्टी बनाउनका लागि सभापतिको उम्मेदवारी दिने:विमलेन्द्र निधी

कांग्रेसलाई पहिलो पार्टी बनाउनका लागि सभापतिको उम्मेदवारी दिने:विमलेन्द्र निधी

काठमाडौं, 27 अगस्त 2021

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले आगामी निर्वाचनपछि नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउनका लागि १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने बताउनुभएको छ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका उपसभापति निधीले शुक्रबार नयाँ बानेश्वरस्थित बानेश्वर बैंक्वेटमा सम्पर्क कार्यालयको उद्घाटन गर्दै आगामी निर्वाचनमा तीन वटै तहमा नेपाली कांग्रेसलाई बहुमत प्राप्त गराउनका लागि आफूले सभापतिमा उम्मेदवारी दिन लागेको बताउनुभएको हो । उहाँले आफूले कसैलाई पराजित गर्न र कसैलाई असक्षम घोषित गर्नका लागि सभापतिको उम्मेदवार बन्न नखोजेको पनि स्पष्ट पार्नु भयो । आफू कसैलाई रिटायर्ड गराउनका लागि सभापतिको उम्मेदवार नभएको उल्लेख गर्दै उहाँले कांग्रेसलाई मजबुत बनाउँदै रुख छापलाई हिमाल, पहाड, मधेशमा स्थापित गराउन र मतदाता र जनतासँग जोड्न आफ्नो उम्मेदवारी रहेको उहाँले स्पष्ट पार्नुभयो ।

निधीले भन्नुभयो – ‘मलाई विश्वास छ, नेपाली कांग्रेसलाई आगामी एक, डेढ वर्षपछि हुने आम चुनावमा, देशको सबै तहको चुनावमा रुख छापलाई जिताउन हामी सफल हुनेछौँ मलाई पूरा विश्वास छ । मेरो सम्पूर्ण ध्यान नेपाली कांग्रेसको सभापति हुने कुराको लागि मेरो उद्देश्य भनेको आगामी आम चुनावमा नेपाली कांग्रेसको रुख छापलाई देशभरमा बहुमत प्राप्त गराउनका लागि सम्पूर्ण आफ्नो बुद्धि, विवेक र संगठनलाई एकतावद्ध बनाएर, सबैलाई समेटेर आफ्नो भूमिका प्रस्तुत गर्नु नै मेरो सभापतिको उम्मेदवारीको उद्देश्य हो । म कसैलाई पराजित गर्न, कसैलाई असक्षम घोषित गर्न, कसैलाई रिटायर्ड गर्नको लागि म सभापतिको उम्मेदवार हुन खोजेको होईन । म नेपाली कांग्रेसलाई मजबुत बनाउन, नेपाली कांग्रेसको रुख छापलाई मतदाता र जनतासँग जोड्न, नेपालका हिमाल, पहाड, तराई, मधेश, झापादेखि कञ्चनपुरसम्मका मतदाता, जनताले, आदिवासी, दलित, महिला, मधेशी, अल्पसंख्यक, मुस्लिम, थारु लगायत सबैको मनमा यो विश्वास स्थापित होस् । भरोसा स्थापित होस् की रुख छाप हाम्रो पार्टी हो । रुख छाप नेपाली लोकतन्त्रको पार्टी हो । रुख छाप नेपालको सार्वभौमसत्ता, नेपालको राष्ट्रियता, नेपाली जनताको हक, हित जर्गेना गर्ने छाप हो त्यो नेपाली जनता र मतदातामा फैलाउनको लागि म सभापति पदमा उम्मेदवारी दिने तयारी गरिरहेको छु ।’ 

उपसभापति निधीले नेपाली कांग्रेसको दूरदर्शिताका कारण देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गर्दै वर्तमान प्रणाली र संविधानको स्वामित्व नेपाली कांग्रेसले लिनुपर्ने बताउनुभयो । आफूहरु संघीयता र संविधानको सफल कार्यान्वयनको पक्षमा रहेको कुरा जनतालाई बुझाउनु आवश्यक रहेको भन्दै उहाँले १४ औँ महाधिवेशनबाट कांग्रेसलाई ताजा बनाएर वैचारिक रुपमा प्रष्ट र वैचारिक रुपमा प्रतिवद्ध बनाएर लैजानुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘यो संविधानको स्वामित्व नेपाली कांग्रेसले लिनुपर्दछ । नेपाली कांग्रेसको सभापति भएपछि म मतदाता र जनाको विचमा गएर भन्न चाहान्छु, जो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली देशमा ल्याएका छौँ, त्यो प्रणाली लाबारिस छैन । त्यो जिम्मेवारी हाम्रो हो । यो संविधान लावारिस छैन, यो संविधानको जिम्मेवारी हाम्रो हो । त्यसको सफल सञ्चालन र कार्यान्वयन गर्ने जिम्मेवारी हाम्रो हो । त्यस कारणले अब तपाईहरुले ध्यानमा राख्नुहोला, मतदाता र जनतालाई भन्न सक्नुपर्यो, हामीले भन्छौँ अब भाँडभैलो हुदैनँ । तीन वर्षमा जुन दल सत्तामा आएको थियो, त्यो दल संघीयतामा विश्वास गर्ने दल थिएन । त्यो दल गणतन्त्रमा विश्वास गर्ने दल थिएन । लोकतन्त्र र संसदीय प्रणालीमा विश्वास गर्ने दल थिएन । त्यसैकारणले तिन वर्षमा झण्डै दुई तिहाइको मत प्राप्त गरेर पनि देशमा सबै क्षेत्रमा भाँडभैलोको शिवाय अरु केही पनि दिएन । जनतालाई निराशा दियो । दुख दियो । पीडा दियो । देशको सार्वभौमसत्तासँग खेलवाड गर्यो । राष्ट्रिय, अन्तर्राष्ट्रिय सम्बन्ध बिगारेको छ । त्यसकारणले यो कुरा अब जनताको बिचमा गएर हामीले भन्नुपरेको छ आगामी चुनावमा । १४ औँ महाधिवेशनबाट हामीले नेपाली कांग्रेसलाई ताजा बनाएर, वैचारिक रुपमा प्रष्टता र वैचारिक रुपमा प्रतिवद्धता आयो भने जनताले हामीलाई भरोसा गर्दछन् ।’

उपसभापति निधीले नेपाली कांग्रेसको नेतृत्वमा क्रमिक रुपमा युवा पुस्ता आउनुपर्ने भन्दै युवा पुस्तालाई नेतृत्वमा ल्याउनका लागि आफूले सहजकर्ताको भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले भन्नुभयो – ‘नेपाली कांग्रेसमा र देशमा, संगठनको संरचनामा क्रमिक रुपमा नेतृत्वमा युवा पुस्ता पनि आउनुपरेको छ । म युवा पुस्ता नेपाली कांग्रेसको नेतृत्वमा आउन सकोस् । युवा पुस्ताले देशको नेतृत्व गर्न सकोस् । त्यसको निम्ति म सहजकर्ताको भुमिका निर्वाह गर्नको लागि पनि म सभापतिको पदमा उम्मेदवारी दिन आफूलाई तयार गर्न गएको ।’

उपसभापति निधिले कांग्रेस गुटभन्दा माथि उठ्नुपर्ने जनता तथा कार्यकर्ताको चाहना रहेको बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...