HomeFeatureभारतद्धारा बाढी प्रभावितहरुका लागि राहत हस्तान्तरण

भारतद्धारा बाढी प्रभावितहरुका लागि राहत हस्तान्तरण

काठमाडौं, 27 अगस्त 2021

भारत सरकारले नेपालका बाढी प्रभावितहरुका लागि आठ करोड रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी नेपालका बाढी प्रभावितहरुका लागि भारत सरकारले नेपाल भारत महिला मैत्री समाज र प्राज्ञिक विद्यार्थी परिषद्मार्फत् आठ करोड रुपैयाँ बराबरको राहत सामग्री हन्तान्तरण गरेको हो । भारतीय राजदूताबासकी मिशन उप–प्रमुख नामग्या खम्पाले नेपाल भारत महिला मैत्री समाजकी अध्यक्ष चन्दा चौधरी र प्राज्ञिक विद्यार्थी परिषद्का अध्यक्ष नारायण ढकाललाई बाढी तथा पहिरोबाट प्रभावित परिवारहरुका लागि वितरण गर्न लागिएको टेन्ट, प्लास्टिक सिट, स्लीपिङ्ग म्याट र औषधिहरुहरु हस्तान्तरण गर्नुभएको हो । सहयोग हस्तान्तरण गर्दै मिशन उप–प्रमुख नामग्या खम्पाले राहत वितरण गर्न पाउँदा खुशी लागेको बताउनुभयो । नेपाल र भारतले बाढी व्यवस्थापनको क्षेत्रमा दशकौँदेखि सहकार्य गर्दै आएको उल्लेख गर्दै उहाँले यस सहयोगले बाढी प्रभावित स्थानीय जनताको कठिनाइमा सुधार हुने विश्वास व्यक्त गर्नुभयो ।नेपाल भारत महिला मैत्री समाजकी अध्यक्ष चन्दा चौधरीले भारत सरकारले बाढी प्रभावितका लागि उपलब्ध गराएको राहत सामग्री प्रदेश नं. २ का पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीमा र लुम्बिनी प्रदेशको रुपन्देही जिल्लाका बाढी प्रभावितहरुका लागि मंगलबारदेखि वितरण गरिने जानकारी दिनुभयो ।प्राज्ञिक विद्यार्थी परिषद्का अध्यक्ष नारायण ढकालले गोरखा, मनाङ, सिन्धुपाल्चोक, रसुवा, दोलखा र धादिङ जिल्लाका बाढी तथा पहिरो पीडितका लागि राहत सामग्री वितरण गर्ने बताउनुभयो ।उहाँले आफुहरु सम्बन्धित ठाउँमै पुगेर बास्तविक प्रभावितलाई राहत सामग्री उपलब्ध गराउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...