अफगानिस्तान, 27 अगस्त 2021
अफगानिस्तानमा भएको, आत्मघाति बम विष्फोट पछि, काबुलमा रहेका नेपाली नागरिकहरु सुरक्षित स्थानमा रहेका, भारतस्थित नेपाली दुतावासले जनाएको छ। बम विष्फोटको बेला काबुल विमानस्थलमा 42 जना नेपाली नागरिकहरू स्वदेश फर्कन बिमान स्थल पुगेका थिए। काबुलमा आत्मघाती विस्फोट भएपछि नेपाली नागरिकहरु सुरक्षित स्थानमा रहेको भारतस्थित नेपाली दुतावासका DCM रामप्रसाद सुवेदीले नेशनल लाईभ टिभीलाई जानकारी दिनु भएको छ। बम विष्फोट पस्चात विमानस्थलबाट 13 किलोमिटर टाढा उनीहरु सुरक्षित स्थानमा छन।नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले छिट्टै ती नेपाली नागरिकहरूलाई स्वदेश फर्काउन विभिन्न स्तरमा कूटनीतिक पहल भइरहेको जानकारी दिए। अहिलेसम्म अफगानिस्तानबाट उद्धार गरिएका करिब 800 जना नेपाल फर्किएका छन्। त्यहाँ झन्डै 15 सय नेपाली रहेको तथ्याङ्क आफूसँग भएको सरकारी भनाइ छ। अफगानिस्तानबाट दिल्ली पुगेका नेपाली नागरिकहरु कोभिड 19 लाई मध्यनजर गर्दै भारत सरकारको सहयोगमा दिल्लीमा रहेको ऱ कोभिडको मापदण्ड पुरा गरिसके पछि नेपाल फर्काउने जनाएका छन।









































