HomeFeatureविधायन व्यवस्थापन समितिद्धारा अनुगमन तथा मुल्यांकन विधेयक २०७६ पारित

विधायन व्यवस्थापन समितिद्धारा अनुगमन तथा मुल्यांकन विधेयक २०७६ पारित

काठमाडौं, 1 सितम्बर 2021

राष्ट्रिय सभा अन्र्तगतको विधायन व्यवस्थापन समितिले अनुगमन तथा मुल्यांकन विधेयक, २०७६ पारित गरेको छ । समितिको बुधबार बसेको बैठकले अनुगमन तथा मुल्यांकन विधेयक, २०७६ पारित गरेको हो । समिति सभापति परशु राम मेघी गुरुङले विधेयक समितिले सर्वसम्मत् पास गरेको जानकारी दिनुभयो । न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै सभापति गुरुङले सो विधेयकले विकास निर्माणका कामका नीति तथा योजना बनाउन, योजनालाई कार्यान्वयन गर्न तथा जवाफदेही बनाउन तथा सम्बन्धित निकायलाई जवाफदेहिता र उत्तरदायित्व बहन गर्न भुमिका खेल्ने बताउनुभयो । उहाँले विधेयकले अनुगमन तथा मुल्यांकन गर्ने निकायहरु तोक्ने र अनुगमन तथा मुल्यांकनको आधार र मापदण्डहरु तोक्ने काम गरेको पनि उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘आजको बैठकमा हामीले अनुगमन तथा मुल्यांकन सम्बन्धमा नयाँ विधेयक छलफल गरेर यो पारित गर्ने काम भएको छ । यो विधेयकले खासगरी विकासको नीति, योजना, कार्यान्वयन, उत्तरदायित्व, जवाफदेहीता प्रवद्र्धन गर्न, त्यसको अनुगमन, मुल्यांकन गर्ने र त्यो अनुगमन, मुल्यांकन तथ्यपरक हुनुपर्यो । विश्वसनीय हुनुपर्यो । त्यसले गुणस्तरीयता पनि हेर्नुपर्यो । व्यवस्थित, नतिजामुखि, प्रभावकारी बनाउने सम्बन्धमा यो ऐन बनेको छ । यसले अनुगमन तथा मुल्यांकन गर्ने निकायहरु तोक्ने काम गरेको छ । अनुगमन तथा मुल्यांकन गर्नुपर्ने आधार, मापदण्डहरु पनि तोकेको छ ।

अनुगमन तथा मुल्यांकन गर्ने निकायले सही ढंगले अनुगमन तथा मुल्यांकन नगरेको खण्डमा सो निकायपनि कारबाहीको दायरामा आउनसक्ने व्यवस्था विधेयकमा उल्लेख गरिएको उहाँले बताउनुभयो । यसले काम गराउने व्यक्ति तथा निकायहरुलाई पनि जिम्मेवार बनाई गलत गरेको खण्डमा विभागिय कारबाही र भ्रष्टाचारको कारबाहीको लागि सिफारिस गर्नसक्ने व्यवस्था गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘अनुगमन तथा मुल्यांकन गर्ने निकायले अनुगमन तथा मुल्यांकन ठिक ढंगले गरेन भने अनुगमन तथा मुल्यांकन गर्ने निकायपनि कारबाहीको दायराभित्र आउन सक्नेछ । र अनुगमन तथा मुल्यांकन गर्दाखेरी त्यो गुणस्तरीय छैन, योजना अनुरुप त्यो काम भएको छैन भने त्यो गर्ने, गराउने निकायहरुलाई पनि र व्यक्तिलाई पनि जिम्मेवार बनाएको छ । उनीहरुलाई पनि विभागिय कारबाहीदेखि लिएर अरु थुप्रै भ्रष्टाचारसम्मको कारबाहीमा सिफारिस गर्नसक्ने कुराहरु यो ऐनले व्यवस्था गरेको छ । यो ऐन नेपालको नयाँ ऐन हो, जसले गर्दा आज नेपालमा आयोजनाहरु समयमा पुरा नहुने यसका कारणहरु सबैकुरा यसले खोजिनीति गरेर तदारुकताका साथ काम गर्नेछ यो ऐन मार्फत् ।

उहाँले आगामी दिनमा विकास निर्माणका आयोजनाहरु अलपत्र हुने, अनियमितता हुने कुराबाट जोगाउने आशयसहितको व्यवस्था विधेयकमा भएको पनि उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...