काठमाडौँ, 2 सितम्बर 2021
उपचारका क्रममा मोडल तथा कलाकार निशा घिमिरेको निधन भएको छ । बुधबार साँझ ६:५१ बजे घिमिरेको निधन भएको नर्भिक अस्पतालले जनाएको छ । दुर्घटनामा घाइते भएकी निशालाई गम्भीर अवस्थामा घरमै रहेका बेला नर्भिक अस्पतालले २०७८ जेठ २७ गते उद्धार गरेको थियो । उद्धार गरेपश्चात् अस्पतालले निःशुल्क उपचारको जिम्मेवारी लिएको थियो । प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले विज्ञप्ति जारी गर्दै नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको निधन भएकोमा दु:ख व्यक्त गरेका छन् । घिमिरेको परिवारले घिमिरेलाई भारतमा केही समय उपचार गराएर नेपाल ल्याएको थियो। नेपाल ल्याएपछि पनि उनको केही समय उपचार गरिएको थियो । नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले उद्धार गरी निःशुल्क उपचार सुरु गराएकी थिइन् । घिमिरे लामो समयदेखि घरमै अचेत अवस्थामा थिइन्।मोडल नीशा घिमिरेको पशुपति आर्यघाटमा दाहासस्कार गरिएको छ । आज बिहान उनको पशुपति आर्यघाटमा दाहासस्कार गरिएको हो । दाहासस्कार गर्नु अगाडि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा राखिएको थियो । नीशाले केही सिरियल र म्युजिक भिडियोमा अभिनय गरेकी थिइन् ।









































