HomeFeatureजग्गा दिने विषय कार्यान्वयनका लागि चुनौतीपूर्ण: सांसदहरु

जग्गा दिने विषय कार्यान्वयनका लागि चुनौतीपूर्ण: सांसदहरु

काठमाडौं, 3 सितम्बर 2021

संवैधानिक व्यवस्था अनुसार भूमिहिनलाई राज्यले एकपटकको लागि जग्गा दिने विषय कार्यान्वयनका लागि चुनौतीपूर्ण रहेको सांसदहरुले बताएका छन् । शुक्रबार विधायन व्यवस्थापन समितिको बैठकमा दलित समुदाय र भुमि अधिकारको सम्बन्धमा रहेका कानूनी प्रावधानहरुको विषयमा छलफल गर्दै सांसदहरुले भूमिहीनलाई राज्यले जग्गा दिने विषय चुनौतीपूर्ण रहेको बताउनुभएको हो । बैठकमा बोल्दै सांसद डा. विमला राई पौड्यालले भुमि दिने विषय प्राविधिक भन्दापनि राजनीतिक विषय भएकाले धेरै आयोगहरु बन्ने र खारेज हुने गर्नाले भुमि सम्बन्धी समस्या तत्कालै समाधान हुन नसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘भुमि दिने भन्नेकुरा प्राविधिक भन्दापनि राजनीतिक इस्यू हो । त्यसले गर्दा यतिधेरै आयोगहरु बन्दै खारेज हुँदै गइराखेको अवस्था हो । अहिले तुरुन्तै यो समाधान हुनेजस्तो चाहीँ देख्दिनँ ।

सांसद बेदुराम भुसालले राज्यले जमिन बाड्ने मात्रै कुरा गरेको र जमिन कहाँबाट ल्याउने भन्ने कुरा स्पष्ट नभएको उल्लेख गर्नुभयो । जनसंख्या बढीरहेको तर जमिन भने नबढ्ने भन्दै उहाँले जमिन बाँडने कुरा चुनौतीपूर्ण रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘हामीले जमिन बाड्ने मात्रै कुरा गर्छौ । ल्याउँछौँ कहाँबाट ? यो गम्भिर प्रश्न हो भन्ने मलाई लाग्छ । हालको जमिनको उपभोगको स्थितिलाई कसरी समन्यायिक बनाउन सकिन्छ, एउटा पाटो हो । यति वितरण गर्छौ भन्ने तर कहीँबाट ल्याउन नसक्ने समस्या छ ।

सांसद प्रमिला कुमारीले भूमिहिनहरुका लागि तोकिएको न्यूनतम जमिन दलितहरुले पनि पाउनुपर्ने बताउनुभयो । दलित समुदायलाई राज्यको सार्वभौमसत्ता, राजकिय शक्ति र शासन अधिकारमा समावेश गराउनुपर्नेमा गाँस र बासको व्यवस्था राज्यले गराउन नसक्नु खेदजनक रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘भुमिहिनको लागि तोकिएको न्यूनतम जग्गा दलितहरुले पनि पाउनुपर्छ । समानता र समतामुलक समाजको आवाज उठाउने राजनीतिक दलहरुले समानुपातिक, समावेशीको सिद्धान्त बमोजिम दलित समुदायहरुलाई राज्यको सार्वभौमसत्ता, राजकिय शक्ति र शासन अधिकारमा सहभागी गराउनुपर्ने ठाउँमा न्युनतम गाँस, बास र कपासको पनि व्यवस्था गर्न नसक्नु खेदजनक छ ।

बैठकमा बोल्दै सांसद ठगेन्द्र प्रकाश पुरीले भुमिलाई सम्पदाको हिसाबले स्वीकार गर्ने कि सम्पतिको हिसाबले स्वीकार गर्ने भन्ने विषयमा सरकार र जनताको साझा बुझाई हुनुपर्ने र त्यसै अनुरुप भुमि सम्बन्धी समस्या समाधानका निम्ति अध्ययन हुनुपर्ने बताउनुभयो । उ

हाँले भन्नुभयो – ‘भुमिलाई सम्पदाको हिसाबले स्वीकार गर्ने की सम्पतिको हिसाबमा स्वीकार गर्ने भन्नेकुरा धेरै महत्वपूर्ण छ जस्तो लाग्छ । यो कुराको निक्र्योल हुनुपर्छ । सरकार र जनताको बुझाइमा एकरुपता आउनुपर्छ ।

समिति सभापति परशु राम मेघी गुरुङले विधायन व्यवस्थापन समितिमा भूमिहिनलाई एकपटक राज्यले जमिन उपलब्ध गराउने भन्ने व्यवस्था अनुरुप कानून पनि बनिसकेको अवस्थामा सो कानूनको कार्यान्वयन र कार्यान्वयनको समस्याको सम्बन्धमा समितिमा छलफल भएको जानकारी दिदैँ आगामी दिनमा थप अध्ययन गरेर समितिको तर्फबाट सरकारलाई आवश्यक सिफारिस गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...