HomeFeatureएक युवकको कञ्चनपुरको गड्डाचौकी नाकाबाट उद्धार

एक युवकको कञ्चनपुरको गड्डाचौकी नाकाबाट उद्धार

कञ्चनपुर, 6 सितम्बर, 2021

एक युवकको कञ्चनपुरको गड्डाचौकी नाकाबाट उद्धार गरिएको छ। भारतको सिम्लाबाट घर फर्किरहेका दोधारा चाँदनी नगरपालीका ८ सुन्दरपुरका २९ वर्षीय नर बहादुर बुढालाई गड्डाचौकी नाकाबाट उद्धार गरिएको हो।भारतको सिम्लाबाट घर फर्किरहेका उनलाई गाडीमा लठ्याउने औषधी खुवाई १५ हजार भारु र एक थान मोबाइल लुटेर बनबासामा अलपत्र पारेको अवस्थामा सशस्त्र प्रहरीले उद्धार गरेका छन। भारतीय सुरक्षाकर्मीले बनबासाबाट उद्धार गरी बुढालाई सशस्त्र प्रहरी बल नेपाल बीओपी गड्डाचौकीबाट सीमानाकामा खटिएको टोलीलाई बुझाएका थिए। उनलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएको र लुटपाटमा संलग्न समूहको भारतीय सुरक्षाकर्मीसंग आवश्यक समन्वय गरी खोजी कार्य भइरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुरले बताएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पछिल्लो समय भारतबाट आउने नेपालीलाई नशालु पदार्थ खुवाएर लुटपाट गर्ने गरिएकोले यस प्रती सचेत रहन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...